Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

इच्छा विपरीत रंग दले कारवाही गरिने

bk logo final png
  • BAGLUNGKHABAR
  • २२ फाल्गुन २०७९, सोमबार ०८:०६

बागलुङ, २२ फागुन । फागु पूर्णिमा अर्थात होलीमा कसैको इच्छा विपरीत रंग दले कारवाही गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ।

आइतबार एक सूचना जारी गर्दै बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले इच्छा विपरीत रंग दले कारवाही गर्ने चेतावनी दिएका हुन्।

प्रशासनले फागु पूर्णिमा (होली पर्व)को शुभकामना दिँदै होली पर्व मनाउने क्रममा व्यक्तिको इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने तथा पानी छ्याप्ने, बाटो ढुकेर बढुवालाई रंग लगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गरी सार्वजनिक शान्ति व्यवस्थामा खलल पुर्‍याउने जस्ता कार्य नगर्न अनुरोध गरेको छ ।

प्रशासनले कानून विपरीतका गतिविधिहरू गरेमा वा गराएको पाइएमा कडा कारवाही गर्ने चेतवनी समेत दिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङले समेत सभ्य, सुरक्षित र मर्यादित भएर होली मनाउन आह्वान गरेको छ ।

प्रहरीले सूचना जारी गरेर होली पर्वको नाममा उशृङ्खल क्रियाकलाप नगरी, सभ्य,शिष्ट, स्वास्थ्यकर र मर्यादित तबरले मनाउन अनुरोध गरेको छ।

प्रहरीले अपरिचित मानिसहरूको सहुमका होली नखेल्न र आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न आह्वान गरेको हो।

यस्तै लोला, कालो मोसो, केमिकल र फोहोरपानी प्रयोग नगर्न, छाला तथा आँखामा असर गर्ने केमिकल रंगको प्रयोग नगर्न, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाउन प्रहरीले आह्वान गरेको छ।

प्रहरीले रेलिङ नभएको घरको छतमा तथा सडकमा होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गरी आफू बच्न र अरूलाई बचाउन, महंगा गरगहना लगाएर होली नखेल्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान बाटोमा टोरी टागेर चालक तथा सवारी धनीसँग पैसा नमाग्न, भीड हुने स्थानमा पाकेटमार, लुटपाट तथा स्नेचिङ जस्ता घटनाहरू हुने सम्भावना हुने ठाउँमा सावधान रहन प्रहरीले आह्वान गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki