बागलुङ, २१ फागुन । नेपाल शिक्षक संघ बागलुङको नवौं अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको छ ।
मिति २०७९ फागुन २१ गते आइतबार बिहान संयोजक देवेन्द्र पौडेलको अध्यक्षतामा ५ सदस्यीय समिति गठन भएको थियो । समितिले २० गतेको बन्द सत्रले निर्माण गरेका र उमेद्वारहरुको समितिहरुलाई आधार मान्दै सर्वसम्मत चयन गरेको हो ।
जसअनुसार अध्यक्षमा उमाकान्त शर्मा पौडेल, उपाध्यक्ष महिलामा निर्मा श्रीस, उपाध्यक्षमा सत्य नारायण सिंह, सचिवमा लक्ष्मीकान्त पौडेल (शर्मा), सचिव(अर्थ) कुल बहादुर घर्ती मगर, सहसचिव मदन बहादुर कार्की, सहसचिव महिलामा लेखा कुमारी घर्ती, सहसचिव अर्थमा धन कुमारी घर्ती, सहसचिव समावेशीमा वीर बहादुर किसान र तेजेन्द्र घर्ती लगायतका पदाधिकारीहरु निर्वाचित भएका छन ।
त्यस्तै महिला सदस्यहरुमा रिता के सी, नन्द कुमारी ठकुरी, सम्झना शर्मा तथा माया चालिसे निर्वाचित भएका छन । खुल्ला सदस्यमा दयाराम रेग्मी ,तिलक आचार्य ,प्रेम सागर सापकोटा र महेन्द्र थापा निर्वाचित भएका छन ।
त्यस्तै प्रदेश प्रतिनिधि खुल्लामा मुक्तिराम शर्मा, नेन्द्र गौतम, हर्कमान बुढा, जग बहादुर छन्त्याल, तारा ब विक र विष्णु बहादुर थापा चयन भएका छन ।
यस्तै गरी संघीय प्रतिनिधितर्फ महिला प्रतिनिधिहरु सीता शर्मा, हुमा रिजाल र कल्पना खरेल तथा खुल्ला संघीय प्रतिनिधिहरुतर्फ सागर खरेल, डिल्लीराज अर्याल, भीष्म कंडेल, हरि प्रसाद चालिसे र ईश्वर ठाकुर पौडेल निर्वाचित भएका छन ।
शर्मा दोस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।