Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा ४१ औं मगर दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

bk logo final png
  • BAGLUNGKHABAR
  • १५ फाल्गुन २०७९, सोमबार २१:४९

बागलुङखबर
नेपाल मगर संघ बागलुङले ४१ औं मगर संघ स्थापना दिवस तथा नवौ जिल्ला अधिवेशन २०७९ विभिन्न कार्यक्रम गरी मनाएको छ ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा नेपाल मगर संघ बागलुङले परम्परागत भेषभुषासहितको ¥याली प्रदर्शनी गरेको थियो । र्यालीमा विभिन्न किसिमका भेषभषासहित सोरठी, कौडा, सालैजो र घाटु नाच देखाइएको थियो ।

स्थापना दिवसको अवसरमा संघले निर्मित भवनको पनि उद्घाटन गरेको छ । भवन सहित कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उपसभामुख थापाले नेपाल बहुसांस्कृतिक, बहुजातिक मुलक भएको बताउदै मगरहरुको एकता सदैव कायम रहन आवश्यकता रहेको बताउनुभयो । उहाँले भाषा संस्कृतिको संरक्षण र पहिचानका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बिनाकुमारी थापा, सांसद दिपेन्द्र थापा, लिलबहादुर थापा, कुशुम बुढा, जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढा, अग्रजहरु, भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाता, निर्माण समिति, आर्थिक संकलन समिति र स्वरठी संरक्षण गर्नेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सांसद दिपेन्द्र थापा, लिलबहादुर थापा, कुशुम बुढा, जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढा, र लाङ्घाली परिवारका संस्थापक महासचिव केवि राना मगरले मंतव्य व्यक्त गर्नु भएको थियो ।

नेपाल मगर संघका जिल्ला अध्यक्ष गणेश थापा मगरको अध्यक्षता, सचिवालय सदस्य जमुना श्रीस मगरको स्वागत र सचिव श्याम पुन मगरको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki