Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सभामुख सरकारी निवासकै अडानमा

bk logo final png
  • BAGLUNGKHABAR
  • १५ फाल्गुन २०७९, सोमबार ०९:०९

तारा चापागाईं
काठमाण्डौं, १५ फागुन । जब अग्नि सापकोटा सभामुख बनाइए, लैनचौर (भारतीय दूतावासको गेटैनजिक) लगेर राखियो। अहिलेका सभामुख त्यहाँ जान मानेनन्। सभामुखको सरकारी निवासकै अडानमा रहे। बरु केही समयलाई आफन्तकहाँ बस्न थाले।

भुइँतल्लाको बरन्डामा धेरै जोर जुत्ताचप्पल खोलिएका छन्। त्यससँगैका दुईकोठामा १२ सुरक्षाकर्मी पकाउने, खाने र कोचाकोच सुत्ने गर्छन्। दोस्रो तलामा बस्छन् सभामुख देवराज घिमिरे। त्यो उनको आफ्नो घर होइन। आफन्तको हो। सानो बेडरुम। साँघुरो बैठक कोठा। भेट्न आउनेलाई बाहिर चिसो बरन्डामै कुराउनुपर्छ।

सभामुख घिमिरेको परिवारले खाना पनि आफन्तसँगको संयुक्त परिवारमा खान्छन्। छुट्टै भान्सा कोठा छैन। भेट्न आएकालाई बाहिर बरन्डामा चिसोमा कुराउनु पर्छ। सरकारी निवास नहुँदा झन्डै डेढ महिनादेखि सभामुख आफन्तको शरणमा छन्। जहाँ पार्किङसम्म छैन।

सभामुख घिमिरेकी भाउजू (घर धनी) कविता घिमिरे एउटै घरमा, त्यसमा पनि पहिलादेखि भाडामा बस्नेहरू भएकाले सभामुखको पदीय प्रतिष्ठामा आघात परिरहेको बताउँछिन्। ‘सम्मानित पदमा हुनुहुन्छ। घर साँघुरो भयो। धेरै पाहुँनाहरू भेट्न आउनुहुन्छ। बसाउने ठाउँ पर्याप्त छैन। एक साता भनिएको महिना नाघ्यो, सरकारले प्रबन्ध गरेन।’

के हो खास समस्या
बालुवाटारमा प्रधानमन्त्री निवाससँगै सभामुख निवास छ। कृष्णबहादुर महरा अभियोग लागेर पदच्युत भएपछि त्यो खाली रह्यो। तत्कालीन ओली सरकारले त्यहाँ राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई राखिदियो। राष्ट्रियसभा अध्यक्षको निवास प्रधानमन्त्री निवासमा थपियो।

जब अग्नि सापकोटा सभामुख बनाइए, लैनचौर लगेर राखियो। अहिलेका सभामुख त्यहाँ जान मानेनन्। सभामुखको सरकारी निवासकै अडानमा रहे। बरु केही समयलाई आफन्तकहाँ बस्न थाले।

राष्ट्रियसभा अध्यक्षको निवासमा उनलाई राख्न बनाउन भनियो। तर, स्रोत भन्छ– एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बन्ध चिसिएसँगै सभामुख निवासको व्यवस्थापन पनि ढिला हुँदै गयो। ‘ओलीले सापकोटालाई बाहिर पुर्‍याएको साटो फेर्ने गरी घिमिरेका हकमा दाहालले व्यवहार देखाइरहेका छन्’, स्रोत भन्छ, ‘त्यही कारण निवास तयारीमा समय लगाइएको छ।’

नयाँ आवासको खोजी सहरी विकास मन्त्रालयले गर्ने भने पनि अहिलेसम्म हुन सकेन्। मन्त्रालयका प्रवक्ता प्रदीप परियारले सभामुख निवास कहिले तयार हुन्छ भन्ने ठ्याक्कै समय तोक्न नसकिने बताए। उनका अनुसार संसदभित्रै भवन बन्दै छ। ‘जति सक्दो चाँडो गर्ने कुरा छ’, उनले भने।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki