बागलुङ, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बागलुङ आईपुगेकी छन्। बागलुङ कालिका भगवती मन्दिरकाे दर्शनका लागि राष्ट्रपति भण्डारी बुधबार बिहान बागलुङ आईपुगेकी हुन्।
भण्डारी नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आईपुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारीले बागलुङ कालिका मन्दिरको दर्शन तथा पूजापाठ गर्ने कार्यक्रम रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बागलुङ खबरलाई जानकारी दिए ।
अाजै राष्ट्रपति भण्डारी कालिका भगवती मन्दिरको पूजाअर्चना सकेर पर्वत जाने कार्यक्रम पनि रहेकाे खड्काले जानकारी दिए ।









