Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिका भगवती मन्दिरको दर्शन तथा पूजाआराधना

bk logo final png
  • BAGLUNGKHABAR
  • १० फाल्गुन २०७९, बुधबार १६:०९

बागलुङ, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरको बुधबार दर्शन गरेकी छन् ।

राष्ट्रपति बनेपछि पहिलो पटक कालिका भगवती मन्दिरको दर्शन गर्न आएकी भण्डारीले विशेष पूजाआराधना गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले मन्दिरमा १० मिनेट पुजाआजा गरेकी थिइन । पूजाआराधनापछि कालिका भगवती मन्दिरका मुख्य पुजारी जय बहादुर खड्काबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी छन् ।

हेलिकप्टरबाट बागलुङ आएकी राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेशका सभासद दिपेन्द्र बहादुर थापा, कृष्ण प्रसाद पाठक, गोविन्द नेपाली, जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ लगायतहरुले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी सँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पनि बागलुङ आएका थिए । तिमिल्सिनाले पनि कालिका भगवती मन्दिरमा पुजाआरधना गरेका छन् ।

बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । मन्दिरमा देशभरीका दर्शनार्थीहरु र छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन् । मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास रहेको अध्यक्ष खड्काले बताए ।

बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ । मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।

कालिका भगवती मन्दिरमा बर्षको दुई पटक चैते दशैं र वडा दशैंमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । मन्दिरमा माघ र साउन महिना बाहेक वर्षभरी नै दर्शनार्थीको चहलपहल हुने गर्दछ । मन्दिरमा प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरुमा भक्तजनहरुको बढी भिड् लाग्ने अध्यक्ष खड्काले बताए । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको अध्यक्ष खड्काको भनाई छ ।

कालिका भगवती मन्दिरलाई अहिले पुनर्निर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिएको छ । अध्यक्ष खड्काले मन्दिरको पुराना इट्टा निकालेर भक्तपुरे इट्टा लगाइएको र तामाको छानोले छाइएको बताए । उनले मन्दिर वरपरका अन्य मन्दिरहरु ९शिव मन्दिर, हवन कुण्ड०लाई कलात्मक रुपमा निर्माण भइरहेको बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki