Skip to content

follow us

baglungkhabar.tv

24th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी

bk logo final png
  • BAGLUNGKHABAR
  • ४ फाल्गुन २०७९, बिहीबार १२:५५

काठमाडौं, ५ फागुन। ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी थालिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीलाई मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लैजान लागिएको हो ।

भण्डारीलाई त्रिभुवन विमानस्थल लैजान अहिले कीर्तिपुर अस्पतालमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । कीर्तिपुर बर्न अस्पतालकी मेडिकल डाइरेक्टर डा. नजिना ताम्राकारका अनुसार भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गर्नुपरेको हो ।

चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ । ‘माननीयज्यूको २५ देखि ३० प्रतिशत गहिरो जलन छ । यो रिस्क फ्याक्टर हो’, डा. ताम्राकारले  भनिन्, ‘उहाँको पोलेको ठाउँमा छाला राख्नुपर्ने हुन्छ । परिवारको अनुरोधमा हामीले रिफर गरेको हौं ।’

हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

सांसद भण्डारीको बन्द कोठाभित्रको धुँवासहितको तातो हावा श्वास नली हुँदै फोक्सोसम्म पुगेकाले अवस्था गम्भीर रहेको ताम्राकार बताउँछिन् । ‘आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको बताउँदै उनले भारतमा लगेर उपचार गर्न सिफारिस पनि गरेको जानकारी दिइन् ।

‘उहाँलाई गाह्रो भएकाले इण्डियातिर उपचार गर्न सल्लाह पनि दिएको छ,’ मेडिकल डाइरेक्टर ताम्राकारले भनिन्, ‘यति डिप वर्न नेपालमा अलि सहज छैन ।’

अस्पतालले सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सुझाव दिए पनि उनले भेटघाट गर्नेहरुसँग आफू उपचारका लागि अर्को मुलुक नजाने अडानमा थिए । तर, कांग्रेस नेताहरुको दबावपछि उनी जान तयार भएका थिए ।

बुधबार राति घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर गम्भीर घाइते भएका थिए । सांसद भण्डारीकी आमाको उपचारकै क्रममा बिहीबार विहान निधन भएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

लोकप्रिय

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

रास्वपाले खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

भर्खरै

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki