Skip to content

follow us

baglungkhabar.tv

25th September 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अन्तराष्ट्रिय कलाकारहरुद्वारा महाशिवरात्रीको अवसरमा नेपाली संस्कृतिमा प्रस्तुति (तस्विरहरु)

  • BAGLUNGKHABAR
  • ४ फाल्गुन २०७९, बिहीबार १२:४२

बागलुङ, ४ फागुन । अन्तराष्ट्रिय कलाकारहरुले महाशिवरात्रीको अवसरमा मंगलबार साँझ बागलुङ बजारमा नेपाली संस्कृतिमा विभिन्न किसिमका सास्कृतिक प्रस्तुतिहरु दिएका छन् ।

अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) बागलुङले आयोजना गरेको महारात्री (नेपाली संस्कृती, विदेशी प्रस्तुती) कार्यक्रममा विभिन्न १० देशका २५ जना भन्दा बढी अन्तराष्ट्रिय कलाकारहरुले हिन्दु धर्मावलम्बीहरुको संस्कृती सम्बन्धीत विभिन्न प्रस्तुतिहरु दिएका हुन् ।

विदेशी भएर पनि नेपाली भाषा, भेष र संस्कृतिमा गरिएको प्रस्तुतिले सुरुदेखि अन्त्यसम्म प्रशंसा पायो । भेदा नामक अन्तराष्ट्रिय सांस्कृतिक समूहको समन्वयमा रसिया, युक्रेन, अमेरिका, हंगेरी, पोल्याण्ड ,बंगलादेश, भारत, नेपाल र अफगानिस्तानका कलाकारले गीतसँगै नाच र नाटक प्रस्तुत गरेका थिए । उक्त टोलीको नेतृत्व गरेकी माधुर्य कादम्बिनीदेवी दासीले नेपालको संस्कार संस्कृतिको पटक–पटक प्रशंसा गरेकी थिइन् ।

विभिन्न देशको प्रस्तुति हेरेपछि स्थानीयहरुले खुशी प्रकट गरेका थिए ।

साढे दुई घण्टाको अवधीमा श्रीकृष्ण र भागवत गीतासंग सम्बन्धित १० वटा नृत्य, दुई वटा नाटक एउटा प्रवचन प्रस्तुत गरिएको थियो । नाटकमा भगवान कृष्णका लिला सम्बन्धी कथालाई कलात्मक प्रस्तुती गरियो ।

तस्विरहरु ः

 

Share

प्रतिक्रिया

थप समाचारहरु

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

ताराखोलामा परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki