Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अन्तराष्ट्रिय कलाकारहरुद्वारा महाशिवरात्रीको अवसरमा नेपाली संस्कृतिमा प्रस्तुति (तस्विरहरु)

bk logo final png
  • BAGLUNGKHABAR
  • ४ फाल्गुन २०७९, बिहीबार १२:४२

बागलुङ, ४ फागुन । अन्तराष्ट्रिय कलाकारहरुले महाशिवरात्रीको अवसरमा मंगलबार साँझ बागलुङ बजारमा नेपाली संस्कृतिमा विभिन्न किसिमका सास्कृतिक प्रस्तुतिहरु दिएका छन् ।

अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) बागलुङले आयोजना गरेको महारात्री (नेपाली संस्कृती, विदेशी प्रस्तुती) कार्यक्रममा विभिन्न १० देशका २५ जना भन्दा बढी अन्तराष्ट्रिय कलाकारहरुले हिन्दु धर्मावलम्बीहरुको संस्कृती सम्बन्धीत विभिन्न प्रस्तुतिहरु दिएका हुन् ।

विदेशी भएर पनि नेपाली भाषा, भेष र संस्कृतिमा गरिएको प्रस्तुतिले सुरुदेखि अन्त्यसम्म प्रशंसा पायो । भेदा नामक अन्तराष्ट्रिय सांस्कृतिक समूहको समन्वयमा रसिया, युक्रेन, अमेरिका, हंगेरी, पोल्याण्ड ,बंगलादेश, भारत, नेपाल र अफगानिस्तानका कलाकारले गीतसँगै नाच र नाटक प्रस्तुत गरेका थिए । उक्त टोलीको नेतृत्व गरेकी माधुर्य कादम्बिनीदेवी दासीले नेपालको संस्कार संस्कृतिको पटक–पटक प्रशंसा गरेकी थिइन् ।

विभिन्न देशको प्रस्तुति हेरेपछि स्थानीयहरुले खुशी प्रकट गरेका थिए ।

साढे दुई घण्टाको अवधीमा श्रीकृष्ण र भागवत गीतासंग सम्बन्धित १० वटा नृत्य, दुई वटा नाटक एउटा प्रवचन प्रस्तुत गरिएको थियो । नाटकमा भगवान कृष्णका लिला सम्बन्धी कथालाई कलात्मक प्रस्तुती गरियो ।

तस्विरहरु ः

 

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki