बागलुङ, १८ माघ । बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका जिसीलाई थप उपचारको लागि पोखरा लगिएको छ ।
घाईते जिसीलाई धौलागिरी अस्पतालमा अतिआवश्यक उपचार पछि थप उपचारको लागि पोखरा रिफर गरिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद निउरेले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका वडा नम्वर ८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले बुधबार आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिय । जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
आत्मदाहको कारणबारे केही खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।