Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शिवशिखर बहुउद्देश्यीय सहकारीले गर्यो आफ्ना सेवाग्राहीलाई नआत्तिन आग्रह

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ माघ २०७९, बुधबार ०६:४८

काठमाडौं, १७ माघ । शिवशिखर बहुउद्देश्यीय सहकारीले आफ्ना सेवाग्राहीलाई नआत्तिन आग्रह गरेको छ । भक्तपुरमा मुख्य कार्यालय रहेको यो सहकारीले एक विज्ञप्ति जारी गर्दै आर्थिक मन्दीका कारण केही समस्या आएको भएपनि प्रचार गरिएजस्तो नभएको भन्दै बचतकर्तालाई अफवाहको पछि नलाग्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, आर्थिक मन्दीले केही समस्या आएको भएपनि केहीले धमिलो पानीमा माछा मार्ने प्रयास गर्दै यस सहकारी विरुद्ध अनर्गल प्रचार गर्ने र ग्राहक तथा सेवाग्राहीलाई भड्काउने गरेको भेटिएको छ । त्यस्ता अफवाहको पछि नलाग्न आग्रह गर्दै हाम्रा ग्राहकहरूलाई ढुक्क हुन आग्रह गर्छौ र सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको ग्यारेन्टी गर्न चाहन्छौँ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, एक दशक भन्दा लामो समयदेखि ग्राहकको सेवामा समर्पित यस शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था बैंकिङ प्रक्रियामै आउन नसकेका हजारौं नेपाली नागरिकलाई सहज र विश्वासिलो वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहककै विश्वास र रोजाइका कारण एक दशकमा देशव्यापी संजाल विस्तार गर्न सफल भएको यथार्थ कसैबाट छिपेको छैन ।

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको देशभरि ३५ वटा शाखा कार्यालय सञ्चालनमा रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, सञ्चालनको एक दशकसम्म हाम्रा सम्पूर्ण सेवाग्राही तथा ग्राहकलाई सन्तुष्ट राख्न पाउँदा र बचतकर्ताको विश्वास जित्न पाउँदा हामी गर्व गछौँ । ग्राहकको विश्वास र सञ्चालकको जिम्मेवारीले नै सहकारी यो अवस्थामा आइपुग्न सफल भएको हो । तर विडम्बना पछिल्लो केही समयदेखि देशले भोगिरहेको आर्थिक मन्दीले सबैतिर पारिरहेको असरबाट यो संस्था पनि अछुतो रहन सकेको छैन र समस्या भोग्ने संस्थाहरूको अपवाद बन्न सकेको छैन यो यथार्थ लुकाउनुपर्ने कुनै पनि कारण छैन र वास्तविकता घाम जस्तै छर्लङ्ग छ । यसको बाबजुद पनि यस सहकारीमा बचतकर्ताको रकम सुरक्षित छ ।

सहकारीका प्रमुख कार्यकारी लिलानाथ गौतमले बचतकर्ताको रकम सुरक्षित रहेको जनाएका छन । उनले सहकारीमा बचतकर्ताको रकम सुरक्षित रहेको र फिर्ता लिन चाहानेहरुको रकम फिर्ता गर्ने समेत उल्लेख गरेका छन ।

गौतमले पछिल्लो समय केहि सहकारीले गरेको बदमासीका कारण सदस्यहरू डराएको बताउँदै भन्छन्, सबै जना सदस्यहरू एकै पटक सहकारीमा रहेको बचत भिक्न चाहिरहनु भएको छ र नियमित बचत गर्दै आउनुभएका ग्राहकहरु पनि ढुक्कसंग सहकारीमा रकम जम्मा गर्न सकिरहनुभएको छैन । यसले गर्दा देशैभरिका शाखाहरुमा एकैपटक असर देखिएको हो । यो असर देखिनुलाई हामीले कत्ति पनि अस्वभाविक ठानेका छैनौं ।

उनी भन्छन्, बचतकर्ताले गरेको वचत चाहेको बेला निकाल्न पाउनुपर्छ । तर अहिले आर्थिक मन्दि र सहकारीले गरेको लगानी उठ्न नसकिरहेका कारण केही समस्या आएको छ ।

शिवशिखर सहकारीले मुलुकका विभिन्न स्थानमा २० वटा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ भने सहकारी र मार्टमा गरी १ हजार भन्दा बढिले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki