Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सहकारीको पहलमा आर्थिक सङ्कलन गरी सहयोग हस्तान्त्रण

bk logo final png
  • BAGLUNGKHABAR
  • १६ माघ २०७९, सोमबार २१:०१
बागलुङ, १६ माघ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका हर्कबहादुर थापा र उनकी श्रीमती उजेली थापाको उपचारका लागि गुहेली सञ्चार सहकारी संस्था लि.को पहलमा आर्थिक सङ्कलन गरी सहयोग गरेको छ । सहकारीले उपचार खर्च सहयोग अभियानमा संस्थाका सदस्यहरु छविलाल थापा, टिका कुमारी थापा, दिलमाया थापा र रिता मल्लको पहलमा जम्मा गरेको रकम रु १ लाख २१ हजार ७ सय रुपैयाँ थापा दम्पत्तीको परिवारलाई हस्तान्त्रण गरेको हो ।

आफ्नै घरको सिँडीबाट लडेर घाईते भएका हर्कबहादुर थापाको करङ भाँचीएर गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ भने उच्च रक्तचाप पछि टाउकोको शल्यकृया गरेकी उजेली थापाको काठमाण्डौको त्रि.वि. शिक्षण अस्पतालमा उपचार भैरहेको छ । लामो समयदेखि देशका ठुला शहरका अस्पतालहरुमा उपचार गराईरहेका थापा दम्पत्तीको उपचारमा खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि अपिल गरेको थियो ।

मध्यम परिवारका थापा दम्पत्ती दुवैजना गत मंसिर दोस्रो सातादेखि अस्पतालको शैयामा छन् । परिवारले मात्रै उपचार खर्च जुटाउन नसकेपछि गुहेली संचार सहकारी संस्था लि. ले उनीहरुलाई बचाउनका लागि आर्थिक सहयोग संकलन अभियान चलाएको थियो । देश बिदेशमा रहेका सहयोग दाताहरुबाट प्राप्त भएको सहयोग रकम एकमुष्ट थापाकी नातीनी रोशनी थापा कार्कीलाई उपलव्ध गराईएको सहकारीका अध्यक्ष खिम बहादुर कार्कीले बताउनु भयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki