Skip to content

follow us

baglungkhabar.tv

13th July 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बाग्लुङकी महिलाको गुल्मीमा हत्या

bk logo final png
  • BAGLUNGKHABAR
  • १५ माघ २०७९, आईतवार १९:१८

बागलुङर १५ माघ । बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका–१ न्वारमा विभत्स हत्या भएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ न्वारमा व्यवसाय गर्दै आएकी गङ्गादेवी शेरचनको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

५८ वर्षीया शेरचन न्वारमा ३० वर्षदेखि एक्लै होटल सञ्चालन गर्दै आएकी थिइन् । बिहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानीयवासीले परिवार र परिवारले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो ।

खबर पाएलगत्तै वामी प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । अहिले घटनास्थलमा गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा पुगेको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

“घटना हत्या भएको हाम्रो आशङ्का छ”, रानाभाटले भने, “अहिले कुकुरको सहायताले अनुसन्धान हुँदै छ ।” अविवाहित उनले एक्लै गङ्गा होटल सञ्चालन गर्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको रानाभाटले बताए ।

शनिबार साँझ उनको होटलमा अपरिचित तीन व्यक्ति बास माग्न आएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । उनीहरू बिहान निस्के ननिस्केको विषयमा प्रहरीलाई जानकारी छैन । गङ्गाको शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा रहेको रानाभाटले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

लोकप्रिय

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

दोस्रो आदर्श कपको सेमिफाइनल समिकरण पूरा

कक्षा १२ को नतिजा सार्वजनिक

लेखक रोहिणी राणाको पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक

भर्खरै

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki