Skip to content

follow us

baglungkhabar.tv

29th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रास्वपाले गृहमन्त्रालयमा दाबी नछोड्ने

bk logo final png
  • BAGLUNGKHABAR
  • १५ माघ २०७९, आईतवार १६:४०

काठमाण्डौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवावदमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।

लामिछानैले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ ।

रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै रास्वपा प्रवक्ता मुकुल ढकालले, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहन्छ ।’

गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन । ‘गृहमा हाम्रो दाबी रहन्छ । तर, अहिले कसलाई पठाउने भन्ने विषयमा छलफल भइसकेको छैन्,’ ढकालले भने, ‘यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुन्छ ।’

त्यसो त गैरसांसदलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने प्रावधान छ । मन्त्री बनाइएका गैरसांसद ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसकेमा भने पद मुक्त हुने छन् ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्रालयमा रास्वपाको दाबी कायमै रहेको सुनाए । ‘गृहमन्त्रालयमा हाम्रो पार्टीको दाबी कायमै छ,’ उनले भने, ‘यस विषयमा सत्तारुढ अरु दलसँग पनि छलफल हुन्छ ।’

लामिछानेले नागरिकता लिइसकेपछि फेरि पार्टी सभापति बनाउने तयारी भइरहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

लोकप्रिय

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

धौलागिरि गण्डकी यातायात प्रालिको अध्यक्षमा उमेश केसी

मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाख रुपैयाँ सङ्कलन

ढोरपाटन उपत्यकामा पुग्यो बिजुली

अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारी नियन्त्रणमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki