काठमाडौं, १० माघ। संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेका छन् । इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले मुख्य व्यस्त सडककै बीचमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै पेट्रोल खन्याएर आत्मदाह गरेका हुन् । उनलाई नेपाल प्रहरीले उद्धार गरी बर्न अस्पताल कीर्तपुर लगेका थिए ।