Skip to content

follow us

baglungkhabar.tv

7th December 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

खड्काकाे घरमा पसेकाे चितुवा प्रहरी नियन्त्रणमा

  • बागलुङखबर
  • ४ माघ २०७९, बुधबार १९:०७
बागलुङ, ४ माघ । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ ।

बुधबार विहान बगलुङ नगरपालिका–३ नागरोडका रामु खड्काको घरमा पसेको चितुवालाई डिभिजन वन कार्यालय बागलुङ र प्रहरीको टोलीले नियन्त्रणमा लिइएको हो ।

खड्का परिवारले चितुवालाई घरभित्रै पसेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी र डिभिजन बन कार्यालयको टोली उक्त घरमा पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको अबस्थामा भेटिएको डिभिजन बन अधिकृत मुकुन्द अधिकारीले बताए । ‘बुधबार विहान ९ः३० बजे घरभित्र चितुवा पसेको देखेपछि रामु खड्काले प्रहरीमा खबर गर्नुभएको थियो,’ अधिकृत अधिकारीले भने,‘प्रहरीले हामीलाई खबर गरेपछि त्यहाँ पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको थियो ।’

अधिकृत अधिकारीले चितुवा घरभित्र पसेपनि कसैलाई आक्रमण नगरेको बताए । उनले विहान उज्यालो भएपछि जंगलबाट गाउँ पसेको चितुवाले सुरक्षित बासस्थानको खोजिमा घरमा पसेको अनुमान गरिएको बताए ।

चितुवालाई डिभिजन वन कार्यालयसँग रहेको सामान्य काठको खोरमा राखेर सुरक्षित तरिकाले घरबाहिर निकालिएको अधिकारीले बताए । उनले नियन्त्रणमा लिइएको चितुवा वन कार्यालयको परिसरमा राखिएको र बुधबार साँझ जंगलमा लगेर छोडिने बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

चौरजहारी हत्यामा संलग्न रहेका २४ जनालाई जन्मकैदको फैसला

इमेज सहकारीका कार्यबाहक अध्यक्ष परियार पुर्पक्षका लागि कारागार चलान

बागलुङको ढोरपाटनमा हिमपात

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

बागलुङमा भूकम्पको धक्का

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

चौरजहारी हत्यामा संलग्न रहेका २४ जनालाई जन्मकैदको फैसला

इमेज सहकारीका कार्यबाहक अध्यक्ष परियार पुर्पक्षका लागि कारागार चलान

बागलुङको ढोरपाटनमा हिमपात

ढोरपाटनमा हिमपात, जनजीवन कष्टकर

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki