पोखरा, २ माघ । बागलुङकी एमाले सांसद बिनाकुमारी थापा गण्डकी प्रदेश सभाको उपसभामुखमा निर्वाचित भएकी छिन ।
समानुपातिक तर्फकी सांसद थापालाई उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्ताव प्रदेश सभाले सोमबार बहुमतले पारित गरेको हो भने सभामुखमा माओवादीका कृष्ण धिताल यसअघि नैे शनिबार प्रदेश सभाले निर्वाचित गरेको थियो ।
सत्ता गठबन्धनका साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रले सभामुख र उपसभामुख मध्ये एक एक पद पाउने गरी भागबन्डा गरेका हुन । प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि उपसभामुखमा पार्वती तामाङलाई उम्मेदवार दर्ता गराएको थियो ।










