काठमाडौं, ७ मंसिर । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मतपरिणामबारे गम्भीर विश्लेषण गर्नुपर्ने टिप्पणी गरेका छन्।
सत्ता गठबन्धनमा सामेल दल माओवादीले उल्लेख्य मात्रामा जित्न नसकेको अवस्थामा उनले यस्तो भनाइ आएको हो।
उनले फेसबुकमा लेखेका छन्, ‘
निर्बाचन परिणाम आइरहेका छन् । यसले निश्चित सन्देशहरु दिएको छ । यसबारेमा समग्र बिश्लेषण ,संश्लेषण गर्नै पर्छ । त्यसको लागि धेरै घोत्लिनु पर्ने स्थिति पनि छैन । निष्कर्ष सहज बोधगम्य नै छ ।
तर अहिले यति मात्र :
बुध्द शिक्षाको महत्वपुर्ण निम्न अंश लाई मनन गरौं ।
” सबै आँधिबेरीहरु तपाइको जीवन ध्वंश गर्न मात्र आउदैनन् , कुनै तपाइको बाटो सफा गर्न पनि आउछन् ।”
” Not all storms come to destroy your life ,some comes to clear your path .”









