Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका चार वटै प्रदेशसभामा गठबन्धनका उम्मेदवार विजयी

bk logo final png
  • रामु जि‍‍ सी
  • ७ मंसिर २०७९, बुधबार ०९:४३

बागलुङ, ७ मंसिर । बागलुङका चार वटा प्रदेशभा सदस्य पदमा पाँच दलिय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ र ‘ख’ र क्षेत्र नम्बर २ को प्रदेश ‘क’ र ‘ख’ मा काँग्रेसका उम्मेदवारहरु विजयी भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापा विजयी भएका छन् । थापाले १३ हजार ८८४ मत ल्याएरभने उनका प्रत्याशि नेकपा एमालेका हिरा बहादुर केसीले १२ हजार ४०५ मत प्राप्त गरे ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार ४५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक ४०७ र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले १०७ मत प्राप्त गरे ।

बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता मध्ये २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा ६३२ मत बदर भएको छ ।

यस्तै बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’मा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली कांग्रेसका नेता डिल्लिराम सुवेदी बिजयी भएका छन् ।

सुवेदीले १३ हजार ३२० ल्याएर बिजयी हुँदा नेकपा एमालेका नवराज पौडेलले ७ हजार २५३ मत पाए ।

यस्तै क्षेत्र नम्बर २ को प्रदेश तर्फ पाँच दलिय गठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’मा नेपाली काँग्रेसका जित बहादुर शेरचन विजयी भएका छन् । उनले १५ हजार १०८ मत ल्याए ।

यस्तै स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले १२ हजार ८०० प्राप्त गरे । उनलाई स्वतन्त्र उम्मेदवार घर्तीलाई नेकपा एमालेले समर्थन गरेको थियो । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए ।

ताराखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका पर्ने यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता रहेकामा २७ हजार नौ सय ८० मत खसेको थियो । आठ सय ६४ मत बदर भएको थियो ।

निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’मा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका दोर्ण कुमार कुँवर विजयी भएका छन् । उनले १२ हजार ४०८ मत पाएर विजय हासिल गरे ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत पाएका छन् । यस्तै नेपाल दलित पार्टीका टेक प्रसाद कामीले २७७, मंगोल नेशनसल अर्गनाइजेशनका तारा बहादुर घर्ती मगरले २३७, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले ४४, स्वतन्त्र नरबहादुर गुरुङले ३४१ र दुर्गादेवी घर्ती मगरले ६ मत प्राप्त गरेका छन् ।

बागलुङ जिल्लाको निसीखोला र तमानखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकामा पर्ने प्रदेश (२)मा ४१ हजार २२७ मतदाता मध्य २३ हजार ३३८ मत खसेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki