Skip to content

follow us

baglungkhabar.tv

3rd October 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित

  • BAGLUNGKHABAR
  • ७ मंसिर २०७९, बुधबार ०८:३८

डडेल्धुरा, ७ मंसिर ।  प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन्।

प्रधानमन्त्री समेत रहेका देउवा २५ हजार ५३४ मत ल्याउँदै  विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गरे। दुईबीच १२ हजार ४९२ मतान्तर छ।

नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले सात हजार ५३५ मतमै चित्त बुझाए। ५१ हजार २०३ मत गणना हुँदा तीन हजार १८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२०४८ सालदेखि लगातार २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी भएका थिए।

देउवा २००३ जेठ ३१ गते डडेल्धुराको साबिक असिग्राम गाविस–५ र हालको गन्यापधुरा गाउँपालिका–१ मा जन्मिएका हुन्।

नेविसंघका संस्थापक सदस्य उनी ०७२ फागुनदेखि नेपाली कांग्रेसको सभापति छन्। प्रधानमन्त्री देउवाले डडेल्धुराबाट चुनाव जितेको यो सातौँ पटक हो।

Share

प्रतिक्रिया

थप समाचारहरु

दसैँमा एउटै व्यक्तिले साढे १८ हजार नयाँ नोट साट्न पाउने

नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा

आन्दोलनरत शिक्षकहरूले गरे सडकमै सुतेर विरोध

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

दसैँमा एउटै व्यक्तिले साढे १८ हजार नयाँ नोट साट्न पाउने

नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा

आन्दोलनरत शिक्षकहरूले गरे सडकमै सुतेर विरोध

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki