चितवन, ६ मंसिर | चितवन जिल्लाका चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको मंगलवार बिहान सवारी दुर्घटनामा परेर निधन भएको छ ।
चितवनको राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा बिहान करीब ५ः३० बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
विश्वकर्मा सवार ना२ख २३८२ नम्बरको माइक्रो बसमा च्यापिएका उनलाई झण्डै २ घण्टापछि निकालिएको थियो । सडक छेउ बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको ट्रकमा माइक्रो ठोक्किएको थियो ।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।
उनले सञ्चालन गरिरहेको कार्यक्रम ‘बहकिने मन’ देशभर चर्चित छ । देशका १०० बढी एफएम रेडियोबाट उनको कार्यक्रम प्रसारण हुने गर्छ ।