Skip to content

follow us

baglungkhabar.tv

31st July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जीप दुर्घटनामा चालकको मृत्य, करिब १ दर्जन घाइते

bk logo final png
  • BAGLUNGKHABAR
  • ३० कार्तिक २०७९, बुधबार २१:२१

बेनी, ३० कार्तिक । म्याग्दी सदरमुकाम बेनीसँगै रहेको पर्वत जिल्लाको जलजला गाउँपालिका ३ माइनडाडामा बुधबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाई पोखरा रिफर गरिएको छ भने आठ जनाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ।

वारीबेनी प्रहरी चौकीका प्रमुख बिराट ढकालले पर्वतको जलजला गाउँपालिका(२ का ३७ वर्षीय डम्मरबहादुर नेपालीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको बताए।

ढकालका अनुसार मृतक नेपाली जीपका चालक हुन्। गम्भीर घाइते भएका उमेर नखुलेकी सिर्जना परियार, १५ वर्षीय आषिस नेपाली र ३० वर्षीय सुमन नेपालीलाई पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ।

१५ वर्षीया सपना परियार, २० वर्षीया प्रियंका बोहोरा, ४० वर्षीया माया दमाई, १३ वर्षीया यसोदा परियार, २३ वर्षीय रोजनसिंह रोदन, १० वर्षीय नविन वर्देवा, १२ वर्षीय सन्देश रत्न र १४ वर्षीय अजित परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

जीपमा सवार सबैजना जलजला गाउँपालिका २ का बासिन्दा हुन् । जीप उकालो सडकबाट करिब १५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको  प्रमुख ढकालले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

उच्च अदालत पोखरा बागलुङ इजलासको ६५ प्रतिशत मुद्दा फछ्र्यौट

भैरवस्थानमा हरेलो मेला

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki