Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गर्भवती महिलाको लागि स्वस्थकर खाजा

  • बागलुङखबर
  • १२ श्रावण २०७९, बिहीबार १५:१४
गर्भवती महिलाले के खाने र के नखाने?  यो एउटा यस्तो प्रश्न हो जुन हरेक महिलाले उनको गर्भावस्थाको क्रममा सामना गर्नुपर्छ। विशेष गरी जब तपाईं स्वादिष्ट केही खान चाहानुहुन्छ, तर डर लाग्छ कि यो बच्चाको लागि राम्रो नहुन सक्छ। त्यसैले यहाँ स्वस्थ र स्वादिष्ट खानेकुराहरूको सूची छ।
-ताजा फलफूलहरू: फलफूहरू गर्भवती महिलाहरूको लागि सबैभन्दा राम्रो र स्वास्थ्यकर ‘रेडी टु इट’ स्न्याक्स हो। तिनीहरूलाई खासै कुनै तयारी चाहिँदैन। हरेक बिहान स्याउ, सुन्तला र केरा जस्ता केही फलहरू लिनुहोस्। कालो अंगूर, केरा, पाकेको आँप, खजूर र  काजू शरीरका लागि निकै फाइदाजनक हुन्छन्। केवल चिनी थप्नबाट बच्नुहोस्।

-सलादहरू: गाजर, टमाटर, पालक, काक्रो, किसमिस र नट यी सबैबाट उत्कृष्ट सलादहरू बन्छन्। प्रोटिन बढाउनको लागि तपाईं चना थप्न सक्नुहुन्छ। प्रोटिन खाजाको लागि उत्कृष्ट विकल्प हो। किनभने यो प्रत्येक कोषको लागि निर्माण ब्लक हो। यसले धेरै महिलाहरूलाई थकान वा वाकवाकी कम गर्न मद्दत गर्दछ।

-गेडागुडि: गेडागुडिहरूलाई कुनै तयारीको आवश्यकता पर्दैन र बोक्न धेरै सजिलो हुन्छ। गेडागुडिहरूको नियमित प्रयोगमा  आफ्नो बानी  बसाउनुहोस्, किनकि तिनीहरू प्रोटीनका लागि उत्तम हुन्छन्।

-उसिनेको अण्डा: उसिनेको अण्डा स्वस्थकर पोषक तत्वले भरिपूर्ण खाजा हो। यदि तपाईं बिहानको खाजामा के खाने भन्ने अन्योलमा हुनुहुन्छ भने उसिनेको अण्डा खानुहोस्।

-म्याग्नेसियमयुक्त खाजा: म्याग्नेसियम हड्डीको लागि राम्रो हून्छ। म्याग्नेसियम युक्त खानेकुराहरू जस्तै एक गिलास दूध, पकाएको आलु वा मुट्ठीभर बीउहरू लिनुहोस्।

-दही: यो एक पौष्टिक खाजा हो, जसले तपाईको दैनिक क्याल्सियमको आवश्यकताको २५ प्रतिशत, प्रोटिन, फाइबर र अन्य धेरै आवश्यक भिटामिन र खनिजहरू प्रदान गर्न सक्छ।

तपाईंको खाजाको लागि एक स्वस्थ दृष्टिकोण राख्नुहोस्, र तिनीहरूलाई आफैं र बच्चालाई स्वस्थ आहार खुवाउने अवसरहरूमा परिणत गर्नुहोस्।

-(गुप्ता  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातल थापाथलीमा कार्यरत छन्l)

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki