बागलुङ, ३१ बैशाख । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ११ रिघाको वडा अध्यक्षमा नेकपा एमालेका डम्मर श्रीस विजयी भएका छन् ।
श्रीसले ९७३ मत प्राप्त गरी विजयी भएका हुन्भने उनका प्रत्याशि गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका दलबहादुर बुढाथोकीले ७०९ मत प्राप्त गरे ।
गलकोट नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीविच गठबन्धन रहेको छ ।
नेकपा एमाले बागलुङका उपसमेत रेहका श्रीस २०७४ सालको स्थानीय तह निर्वाचन जनमोर्चा र एमालेको तर्फबाट उम्मेदवार बनेका श्रीषले ७ सय ७९ मत प्राप्त गरि विजयी भएका थिए ।