बागलुङ, २९ पौष । प्रेस चौतारी नेपाल बागलुङको बिहिबार भएको छैठौँ जिल्ला अधिवेशनबाट नविन शिशिरको नेतृत्वमा १९ सदस्य रहेको नयाँ कार्यसमिति सर्वसहमत गठन भएको छ ।
समितिको उपाध्यक्षमा सिर्जना पन्त, झरना कँडेल, सचिवमा कमल पौडेल, सह–सचिवमा अर्जुन कार्की, हेमप्रसाद विक, कोषाध्यक्षमा खेमराज गौतम ‘सुवास’ चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा राम खत्री, साधना पन्त, दिवाकर उपाध्याय, रोहन जिसी, सचदेव क्षेत्री, अनिष पाठक, विक्रम पौडेल, मनकुमारी केसी, कृसिता अधिकारी, मनिषा शर्मा, जीवन पाण्डे र शिव बोहोर चयन हुनु भएको छ ।









