Skip to content

follow us

baglungkhabar.tv

25th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

म्युजिक खबर अवार्डः प्राश्ना शाक्य र शिव परियार सर्वोत्कृष्ट

  • २४ आश्विन २०७५, बुधबार ०५:३४

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करण विराटनगरमा  सम्पन्न भएको छ । म्युजिक खबर म्युजिक अवार्ड प्रदेश नम्बर १ को अस्थाई राजधानी विराटनगरस्थित विरेन्द्र सभागृहमा सम्पन्न भएको हो ।

अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षौं भो छोडेको’ गीतबाट अवार्ड हात पारेका हुन् । त्यस्तै, सर्वोत्कृष्ट गायिका सुगम संगीत बन्न सफल भईन् गागिका प्राश्ना शाक्य । उनले ‘कैदी बनाउ’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल भएकी हुन् ।

म्युजिक खवरको आयोजा र‘हामी युवा’को सह–आयोजनामा विराटनगरस्थित सम्पन्न भएको अवार्ड कार्यक्रममा बरिष्ठ गायक तथा संगीकार सम्भूजित बासकोटालाई ‘विराट संगीतरत्न’द्वारा अभिनन्दन गरिएको थियो । त्यस्तै, पत्रकार गीता अधिकारीलाई ‘संगीत पत्रकारीता सम्मन’ प्रदान गरियो भने माण्डवी त्रिपाठीलाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान, प्रेम सापकोटा सोनुलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान, मल्लिका काकी म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान, याङ्शु श्रेष्ठलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान र म्यूजिक खबर प्रदेश नं १ विशेष सम्मान गरिएको थियो ।

निकै शालीन र सभ्य हुनुका साथै भब्य पनि भएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको निकै बाक्लो उपस्थिती रहेको थियो । जसम गायक तथा सम्भूजित बासकोटा, प्रमोद खरेल, शिब परियार, राजेश पाल राई, शंकर थापा, डेभिट शंकर, कमल श्रेष्ठ, गायिका माण्डपी त्रिपाठी, शुशला पाठक, निर्देशक तथा कलाकार दिपा श्री निरौला, नायिका तथा गायिका शारिका घिमीरे, नायिका सोबिता सिम्खडा, बिपशा बिसी, नायक गजित बिष्टलगायतको उपस्थिती तथा प्रस्तती रहेको थियो ।

‘हामी युवा’ को संयोजकत्वामा सम्पन्न भएको कार्यक्रमलार्इ संचारकमी निराजन भण्डारी र संचारकर्मी तथा गायिका मन्जु पौडेलले संचालन गरेका थिए ।

अवार्ड विजेताको विवरणहरुः

सर्वोत्कृष्ट राष्ट्रियभावको गीत
चुडामणि देवकोटा– मेरो देश सुन्दर छ

सर्वोत्कृष्ट पप गायिका
मन्जु पौडेल– दामी छेन्त

सर्वोत्कृष्ट पप गायक
शंकर थापा स्माइल – माया लगाई

सर्वोत्कृष्ट पप संगीतकार
रमेशराज भट्टराई – बेहुला

सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा महिला
चन्दा खड्का – मायाकै पिरले

सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा पुरुष
ध्रुव बिसी – भेट हुँदा

सर्वोत्कृष्ट भिडियो मोडल महिला लोकदोहोरी
रिना थापा मगर – गाउँमा हल्ला चल्यो

सर्वोत्कृष्ट भिडियो मोडल लोकदोहोरी पुरुष
सुमन खतिवडा – खरानी

सर्वोत्कृष्ट भिडियो निर्देशक लोकदोहोरी
प्रकाश भट्ट – तामे करुवा

सर्वोत्कृष्ट लोकगीत पुरुष
दुर्गा गुरुङ – झिल्के भेना

सर्वोत्कृष्ट लोकगीत महिला
शर्मिला गुरुङ – मेरो माया छ भने राधा

सर्वोत्कृष्ट लोकदोहोरी शब्द
शिव हमाल – लठ्ठै पा¥यो मायाले

सर्वोत्कृष्ट लोकदोहोरी भाका
कस्तुप पन्त – पिरती मिसाउनी

सर्वोत्कृष्ट गायक लोकदोहोरी
दिपसागर थापा – धादिङ नौबिसे

सर्वोत्कृष्ट गायिका लोकदोहोरी
सुनिता दुलाल – मायालुको साथै रमाइलो

सर्वोत्कृष्ट लोकदोहोरी कल्चरल गीत
गणेश गुरुङ – सुनको औँठी

सर्वोत्कृष्ट चलचित्र गीतकार
हरि उप्रेती – दुई चुल्ठी, मुर्चङ्गा

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
अन्जु पन्त – घिनघिन मादल, पन्चेबाजा

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
राजेशपायल राई – दुई चुल्ठी, मुर्चङ्गा

सर्वोत्कृष्ट चलचित्र संगीतकार
विकास चौधरी – घिनघिन मादल, पन्चेबाजा

सर्वोत्कृष्ट गजल
विपिन मर्म – मायाले रेटिएँ

सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत
कृष्ण भट्टराई – तिमीलाई नदेख्दा

सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत
मेनुका पौडेल – कुर्दा कुर्दै

सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत
वीरेन्द्र भाट ‘विपिन’ – माया लाउने

सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत
नवराज उप्रेती – तिमी खुशी

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
अनामिका चौलागाईं – उनको मेरो

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
श्रीदेव भट्टराई – कोइलीको जस्तो

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
सञ्जय बराल – बर्सिनु बस्र्यो

सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत
कुमार राना – तिमीदेखि

सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
निरज श्रेष्ठ – निष्ठुरीले खुशी

युगल गायन सुगम संगीत
राज सागर र अन्जु श्रेष्ठ – ढाका टोपी

सर्वोत्कृष्ट गीतकार सुगम संगीत
अमर वान्तु राई – फूलजस्तै

सर्वोत्कृष्ट गायिका सुगम संगीत
प्राश्ना शाक्य – कैदी बनाउ

सर्वोत्कृष्ट गायक सुगम संगीत
शिव परियार – बर्षौं भो छोडेको

सर्वोत्कृष्ट संगीतकार आधुनिक
पोषण श्रेष्ठ – पूर्णिमाको जून

सर्वोत्कृष्ट एल्बम
कर्म – एसपी सापकोटा

पब्लिक च्वाइस अवार्ड
अर्जुन सुनाम – ठूलो सानो

जुरी अवार्ड संगीतकार
सुनिल मास्के – कैदी बनाउ

जुरी अवार्ड गीतकार
मणिराज शर्मा – बर्सिनु बस्र्यो

इन्करेजमेन्ट अवार्ड
अमृता श्रीपाल – गैरी गाउँको मेला

इन्करेजमेन्ट अवार्ड
डेबिट शंकर – घिनघिन मादल, पन्चेबाजा

पपुलर मोडल अफ दि इयर
दिपाशा बिसी – चर्चित

क्रिटिक्स अवार्ड गीतकार
किरण केसी क्रोधी – कुनै दिन

बेस्ट सिङ्गर अफ दि इयर
सुमित खड्का – तिम्रो प्रेमको माला

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

भर्खरै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki