Skip to content

follow us

baglungkhabar.tv

22nd November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने

bk logo final png
  • बागलुङखबर
  • १९ कार्तिक २०८३, बुधबार १४:४१

म्याग्दी १८ कात्तिक । विद्यालयलाई नमुना शिक्षालयका रुपमा विकास गर्न दीपशिखा माध्यमिक विद्यालयले महायज्ञ आयोजना गर्न लागेको छ ।

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई प्रविधिमैत्री, व्यवसायिक नमुना शिक्षालयका रुपमा रुपान्तरण गर्ने, प्रतिस्पर्धी जनशक्ति तयार गर्ने, विद्यालयलाई स्मार्ट कक्षाकोठा निर्माण, छात्रवास तथा आवास भवन निर्माणका साथै शैक्षिक एवम् भौतिक पक्षको स्तरोन्नति गर्ने उद्देश्य राखी विद्यालयले महायज्ञ आयोजना गर्न लागेको हो ।

 

आगामी कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म विद्यालय परिसरमा महायज्ञ सञ्चालन गर्न लागिएको हो । ‘म्याग्दी मालिका टोड्के शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ’ नाम दिइएको महायज्ञको तयारी तीव्र पारिएको विद्यालयले जनाएको छ ।

महायज्ञ सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थापकीय काम पनि अघि बढाइएको विद्यालयले जनाएको छ ।

विद्यालयलाई आवासीय सुविधासहित सञ्चालन गर्ने, सूचना प्रविधिको प्रयोगमार्फत स्मार्ट विद्यालयको अवधारणा कार्यान्वयन गर्ने, शिक्षण सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तर वृद्धि गर्ने र खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक डा.नन्दबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भौगोलिक रूपमा विकट, विद्यालयसम्म आउजाउ गर्न कठिनाइ हुने तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई आवासीय सुविधा उपलब्ध गराउने योजना रहेको छ । आवासीय सुविधासँगै अतिरिक्त कक्षा सञ्चालन गरी विद्यार्थीको सिकाइ उपलब्धि स्तर सुधार गर्ने विद्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रविधिमैत्री शिक्षण सिकाइ र गुणस्तरीय शिक्षा गाउँबाट नै प्रदान गर्न सके अध्ययनका लागि बालबालिकालाई सहर बजारका विद्यालयमा पठाउनुपर्ने बाध्यता कम हुने शिक्षक अभिभावक संघका अध्यक्ष पञ्च बहादुर राम्जालीले बताउनुभयो ।

महायज्ञबाट तीन करोड रुपैयाँ सङ्कलन गर्ने र खर्च कटाएर दुई करोड रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको विद्यालयका सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले बताउनुभयो । महायज्ञमा पण्डित दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत कथा वाचन हुनेछ ।

सप्ताहव्यापी कार्यक्रममा भागवत पाठपारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती तथा झाँकी प्रदर्शनलगायत धार्मिक कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर घर्ती क्षेत्रीका अनुसार वि.सं. २०१७ सालमा कुहूँकोट प्राथमिक विद्यालयको रूपमा स्थापना भएको विद्यालयलाई वि सं २०२४ सालमा विद्यालयको नाम परिवर्तन गरी दीपशिखा प्राथमिक विद्यालय राखिएको थियो । वि.स. २०३१ सालमा निम्न माध्यमिक विद्यालयका रुपमा स्तरोन्नति भएको विद्यालय वि.स. २०४७ सालमा माध्यमिक विद्यालयका रुपमा रुपान्तरित भएको थियो । वि.स. २०५० सालबाट एस.एल.सी परीक्षामा भाग लिन सुरुवात गरेको क्षेत्रीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर घर्ती क्षेत्रीका अनुसार विद्यालयले वि.सं. २०४७ सालदेखि माध्यमिक तह र २०६५ सालदेखि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्दै आएको छ । विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको छ भने अहिले १९६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

लामो शैक्षिक इतिहास बोकेको विद्यालयलाई आवासीय सुविधासहित प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञलाई सफल बनाउन विद्यालयले स्थानीय अभिभावक, पूर्वविद्यार्थी, समाजसेवी, संघसंस्था तथा देशविदेशमा रहेका सहयोगदातासँग सहयोगको अपेक्षा गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बन्दीलाई दशैँ मनाउन खसी उपहार

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki