Skip to content

follow us

baglungkhabar.tv

24th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

कालीगण्डकी नदीमा आएको बाढीले फर्सेको पुरानो बजार क्षणभरमै उजाडियो 

bk logo final png
  • बागलुङखबर
  • १२ आश्विन २०८३, सोमबार ०९:१०

पर्वत, १२ असोज । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको पुरानो बजार क्षणभरमै उजाडेको छ । निरन्तरको वर्षापछि आज बिहान आएको बाढीले फर्सेका ६६ घर क्षतिग्रस्त बनेका छन्‌भने २५ घर उच्च जोखिममा परेको छन् ।

फर्सेको पुरानो बजारका अधिकांश कच्ची घर बाढीले बगाएको छभने बचेका घर पनि बस्न मिल्ने अवस्थामा नरहेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । उहाँका बाढीले नदीकिनारको बस्ती नै उजाडेको छभने  बाढीका कारण कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठूलो क्षति भएको अध्यक्ष आचार्यले बताउनुभयो ।

बाढीले घर बगाएपछि विस्थापित बनेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापितमध्ये केही परिवारलाई नजिकका आफन्त कहाँ आश्रयको व्यवस्था मिलाइएको छ । गाउँपालिकाले क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी दिनेश पौडेलले बाढीबाट विस्थापित परिवारका लागि तत्काललाई ‘होल्डिङ सेन्टर’मा राखिएको बताउनुभयो । सोमबारदेखि राहत तथा पुनःस्थापनाको काम सुरु हुने उहाँको भनाइ छ ।

बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । पोखरा–बागलुङ हुँदै मुस्ताङ जाने सडकमा पनि क्षति पुगेको उहाँले बताउनुभयो । सडक कटान भएपछि उक्त खण्ड हुँदै पोखरा जाने यातायातका साधन सञ्चालन हुनसकेका छैनन् ।

नजिकैको लस्ती बजार पनि बाढीले जोखिममा परेको गाउँपालिकाले जनाएको छ । बाढीको कटानबाट खेत, सडक, पुल, खानेपानी आदिमा क्षति पुगेको छ । पर्वतमा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो  ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

लोकप्रिय

होटल तथा रेष्टुरेन्ट व्यवसायीको १ लाख ४५ हजार सहयोग

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki