Skip to content

follow us

baglungkhabar.tv

27th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

bk logo final png
  • बागलुङखबर
  • ११ भाद्र २०८३, बिहीबार ०९:२२

बागलुङ, ११ भदौ । हरितालिका तीजको अवसरमा बागलुङमा गण्डकी प्रदेशस्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता हुने भएको छ।

प्रबुद्ध युवा समूह बागलुङको आयोजनामा ‘गण्डकी प्रदेश दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८३’ आयोजना गर्न लागिएको हो। प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रबुद्ध युवा समूह बागलुङका अध्यक्ष रोहित सुनारका अनुसार विद्यालय तहका विद्यार्थीमा मौलिक कला, संस्कृति र परम्पराप्रति रुचि तथा अपनत्व विकास गराउनुका साथै प्रतिभावान विद्यार्थीलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई रु. ५५ हजार ५ सय ५५, द्वितीयलाई रु. २७ हजार ७ सय ७७ र तृतीयलाई रु. १५ हजार ५ सय ५५ पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट कोरियोग्राफी, प्रस्तुति तथा सहभागिताका लागि विशेष सम्मान र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रबुद्ध युवा समूहले समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, कला तथा संस्कृतिको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, संघसंस्था, बैंक, सहकारी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रसँग सहकार्य गरी आर्थिक तथा प्राविधिक सहयोग जुटाइने प्रबुद्ध युवा समूह बागलुङले जनाएको छ ।

रसुवा बाढी पीडितकोलागि सहयोग पुर्याउने उद्धेश्यले सरकारको विपद कोषमा १० हजार रुपैयाँ सहयोग गर्ने ;म’हले जनाएको छ ।

समुहका अध्यक्ष सुनारका अनुसार ‘बाढी पीडितलाई थोरै भएपनि सहयोग होस भन्ने उद्धेश्यले हामी लागेका छौँ ।’ उहाँले भन्नुभयाे–संस्थाले निर्णय गरिसकेको छ, बिहिबार कोषमा जम्मा गरिनेछ ।’

प्रतियोगितामा सांस्कृतिक साँझ समेत आयेजना गरिने भएको छ । कार्यक्रममा रु.७ लाख ६८ हजार खर्च हुने आयोजकको अनुमान छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

लोकप्रिय

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

भर्खरै

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki