Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

bk logo final png
  • बागलुङखबर
  • १८ चैत्र २०८२, बुधबार ०७:१८

बागलुङ, १८ चैत । नेपाल पत्रकार महासंघले आयोजना गरेको मिडिया मेला सफल बनाउन विद्यालय तहका विद्यार्थीलाई भित्तेपत्रिका तालिम दिइएको छ ।

सदरमुकामका विद्यालयका विद्यार्थीलाई तालिम दिइ मेलामा उनीहरुकै उत्पादनलाई प्रतिस्पर्धा गराइने भएको महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ले बताउनुभयो । मंगलबार भएको तालिममा १४ विद्यालयका ४७ जना जना विद्यार्थी सहभागी भएका थिए ।

तालिममा सिकेको सीपमार्फत विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने भएको भित्तेपत्रिका लेखन–मिडिया मेलाका संयोजक सिर्जना पन्तले जानकारी दिनुभयो । विद्यार्थीले निर्माण गरेका भित्तेपत्रिकालाई मेलामै निर्णयकर्ता तोकर विद्यार्थीहरुलाई पुरस्कार दिइने पन्तले जानकारी दिनुभयो ।

मेलाका लागि महासंघले अन्तिम तयारी गरिसकेको छ । मेलामा बागलुङको पत्रकारिता, गिद्देप्रेसदेखि डिजिटल युग, बागलुङको विकासमा कृषि, पर्यटन लगायतको क्षेत्रको आवश्यकता र योगदान बारेमा पनि छलफल हुनेछ । त्यस बाहेक पछिल्लो समय पत्रकारिताप्रति बढेको अविश्वास कम गरी पत्रकारितालाई व्यवसायिक बनाउन पहल गरिने समेत उद्देश्यमा उल्लेख छ । मेलामा पुराना पत्रकारिताका साधनको प्रर्दशनी, चित्रकला लगायतको कार्यक्रम समेत राखिएको छ ।

मेलालाई प्रचार गर्ने लक्ष्यले महासंघको स्थापना दिवसको दिन सोमबार पनि अन्तरक्रिया गरेको थियो । मेलालाई ऐतिहासिक बनाउन जिल्लाका सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी क्षेत्रले सहकार्यको तयारी गरेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki