Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

bk logo final png
  • बागलुङखबर
  • ३ चैत्र २०८२, मंगलवार २१:२५

सुजन रेग्मी
बागलुङ, ३ चैत । बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह आयोजना गरिने भएको छ ।

सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका वडा नं. ३ गुठीले ज्येष्ठ नागरिक दिवा सेवा र असक्त, असहाय बालबालिकाहरुको लागि दिवा सेवा कार्यक्रम सञ्चालन गर्नका लागि श्रीमद् भागवत महापुराण एवम् पितृ सप्ताह गरिने भएको सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका वडा नं. ३ गुठीकी अध्यक्ष लिलादेवी खड्काले जानकारी दिनुभयो ।

ज्येष्ठ दिवा सेवा सञ्चालन, पितृ उद्धार, असहाय बालवालिका, अपाङ्गता र अशक्तहरुको कल्याण गर्ने उद्देश्यले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा बागलुङ नगरपालिका ३ स्थित चिप्लेटी बसपार्कमा श्रीमद् भागवत महापुराण पितृ सप्ताह गरिने भएको हो ।

प्रमुख बाचकको रुपमा पण्डित तिर्थराज उपाध्याय कृष्ण रहनुहुने उक्त श्रीमद् भागवत महापुराण पितृ सप्ताहमा साताभर विभिन्न कार्यक्रम हुने भएकाले सहभागी भई पुण्यलाभ लिन सामुदायिक सेवा केन्द्रका अध्यक्ष खड्काले बताउँनुभयो ।

चैत २० गते पुर्वाङ्ग, २१ गते ११ बजे भजनकिर्तनका साथ शोभायात्रा, उद्घाटन, पाठ परायण तथा कथा प्रवचन, २२ र २३ गते नियमित पुजापाठ, कथा प्रवचन, भजनकिर्तन, धुपबत्ती सङ्कलन, २४ गते कालीगण्डकीको किनारमा दिनको २ बजे पितृ उद्धारका लागि दीप प्रज्वलन, २५ र २६ गते नियमित पुजापाठ, कथा प्रवचन, भजनकिर्तन हुने भएको हो ।

यसैगरी २७ गते दीप प्रज्वलन सहित भजनकिर्तन, दाता सम्मान एवम् समापन गरिने अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

प्रारम्भदेखि अन्त्यसम्मका सबै दिनमा दाताहरु सम्मान, प्रत्यक दिन मध्यान्हमा आगन्तुक भक्तसहित दिव्य आरती, बिज्ञहरुद्धारा दैनिक मनोपरामर्श कक्षा, दैनिक स्वास्थ्य परीक्षण र ओशो अमृतम ध्यान केन्द्रद्वारा खुसीको जीवन कार्यक्रम पनि सञ्चालन हुने उहाँले बताउनुभयो ।

केन्द्रका संस्थापक अध्यक्ष सहदेव राजभण्डारीले श्रीमद् भागवत महापुराण पितृ सप्ताह मार्फत १ करोड संकलन गर्ने लक्ष्य लिएको र १२ लाख खर्च हुने अनुमान गरिएको पनि बताउँनुभयो ।

गुठीस्थित चिप्लेटी बसपार्कमा चैत २१ गतेदेखि २७ गतेसम्म श्रीमद् भागवत महापुराण पितृ सप्ताह हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बाढी पीडित विद्यार्थी तथा विद्यालयका लागि ग्रेस इन्टरनेसनलको आर्थिक सहयोग

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki