Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

bk logo final png
  • बागलुङ खबर
  • २ चैत्र २०८२, सोमबार ०७:०७

काठमाण्डौ, २ चैत । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । १ गतेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो ।

अब तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लिटरको १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरको १५२ रुपैयाँ पुगेको छ ।

दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य लिटरको १७१ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरको १५१ रुपैयाँ पुगेको छ । त्यस्तै पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य लिटरको १६९ रुपैयाँ ५० पैसा र डिजेलमट्टीतेलको मूल्य लिटरको १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण भाउ बढाउनु परेको निगमले जनाएको छ । भारतले पेट्रोलमा ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा २१६ रुपैयाँले बढाएर नयाँ भाउ पठाए पनि निकै कम दरले इन्धनको मूल्य बढाएको निगमले जनाएको छ ।

पश्चिम एशिया तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ आकाशिएको छ । त्यसको प्रभाव नेपालसम्म परेको हो । भारतबाट भाउ बढेर आए पनि निगमले भने उपभोक्तामा असर पर्ने भन्दै मूल्य स्थिरीकरण कोष र विगतको नाफाबाट बेहोर्ने गरी पेट्रोलियम पदार्थको भाउ भारी मात्राले नबढाएको जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बाढी पीडित विद्यार्थी तथा विद्यालयका लागि ग्रेस इन्टरनेसनलको आर्थिक सहयोग

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki