Skip to content

follow us

baglungkhabar.tv

1st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

bk logo final png
  • बागलुङखबर
  • २० फाल्गुन २०८२, बुधबार १८:४९
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङ, २० फागुन । बागलुङमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाभर मतदान केन्द्र तयार पारिएको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रका दश स्थानीय तहमा २३० मतदान केन्द्रमा आवश्यक तयारी पूरा भएको हो ।

निर्वाचनका लाथि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाङ्ने लगायत आवश्यक सम्पूर्ण काम सकिएको छ । मतदानको प्रक्रिया मात्रै बाँकी रहेको मुख्य निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

जिल्लाभर बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सबै पूर्वाधारका काम सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानस्थलमा खटिएका कर्मचारीसहित सुरक्षा निकायको कडा सुरक्षा रहेको छ । भौगोलिक विकटता, मौसमी जटिलताका कारण हुनसक्ने समस्यालाई मध्यनजर गरी थप तयारी समेत गरिएको छ ।

मतदान केन्द्र खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित कर्मचारीमा कुनै समस्या नदेखिएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले बताउँनुभयो।

निर्वाचन आचारसंहिताअनुसार फागुन १८ गते राती १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म कुनै पनि प्रकारको प्रचार–प्रसार, सभा–जुलुस, नारा, सामाजिक सञ्जालमार्फत मत माग्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।

शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्न सुरक्षा व्यवस्था कडा बनाइएको छ । निर्वाचन प्रहरी सँगसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ ।

बागलुङ क्षेत्र नं. १ मा एमालेका उम्मेदवार हिरा बहादुर के.सी., नेपाली काँग्रेसका उम्मेदवार भीम श्रीस, राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनका उम्मेदवार कृष्ण प्रसाद शर्मा अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कल्याण विक्रम आचार्य उम्मेदवार रहेका छन् भने बागलुङ क्षेत्र नं. २ मा एमालेका उम्मेदवार मञ्जु शर्मा चालिसे, नेपाली काँग्रेसका उम्मेदवार टेकराज पौडेल, नेकपाका ज्ञामनाथ गैह्रे, रास्वपाका सोमनाथ शर्मा लगायतका उम्मेदवारहरु चुनाबी प्रतिस्पर्धामा रहेका छन् ।

बागलुङमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेका छन् भने दुईओटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । जिल्लामा ९८ हजार ५७४ पुरुष, ९४ हजार ८०६ महिला र अन्य एक गरी कुल एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन् ।

निर्वाचन सम्पन्न गराउन २३२ मतदान अधिकृत, २३२ सहायक मतदान अधिकृतसहित एक हजार ३८० जना कर्मचारी र सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिसकेका छन् ।

बागलुङका दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

नेपाली खाना पकाउने तालिम मंगलबारबाट बागलुङमा सुरु

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श प्रथम

भर्खरै

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki