Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा आसन्न निर्वाचनका लागि मतगणनास्थल तयार

bk logo final png
  • बागलुङखबर
  • १९ फाल्गुन २०८२, मंगलवार २१:२१
जिल्ला समन्वय समितिको सभाहलमा निर्माण गरेको तारजाली सहितको मतगणनास्थल । तस्बिरः सुजन रेग्मी

बागलुङ, १९ फागुन । बागलुङमा आसन्न निर्वाचनका लागि मतगणनास्थल तयार पारिएको छ ।

क्षेत्र नं. १ का लागि जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र क्षेत्र नं. २ का लागि ढोरपाटन नगरपालिका–२ बुर्तिबाङस्थित कुथाप्लोमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सभाहलमा मतगणनास्थल निर्माण गरिएको हो ।

जिल्लामा दुईवटा निर्वाचन क्षेत्र रहेकाले दुई छुट्टाछुट्टै स्थानमा मतगणनाको व्यवस्था मिलाइएको छ । मतगणनाका क्रममा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै तारजाली र सीसीटीभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत डा. सीता शर्मा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मतपेटिका राख्ने र मतगणना गर्ने कोठामा ध्वनिसहितको भिडियो रेकर्ड गर्ने गरी सीसीटीभी क्यामरा जडान गरिएको छ ।
मतगणनास्थलमा उम्मेदवार र तिनका प्रतिनिधिका लागि तारजालीभन्दा बाहिर बस्ने व्यवस्था मिलाइएको छ । सम्भावित असुरक्षा र धाँधली रोक्न यस्तो प्रविधि अपनाइएको हो । उम्मेदवारका प्रतिनिधिले फलामे तारजाली बाहिरैबाट मतगणनाको अवलोकन गर्नुपर्नेछ भने जालीभित्र मतगणक मात्र बस्न पाउने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।

यसैगरी, क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले बुर्तिबाङमा पनि तारजालीसहितको मतगणनास्थलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । मतदान सम्पन्न भएपछि सबै मतपेटिका संकलन गरी सर्वदलीय बैठक बसेर मात्र गणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

बागलुङमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेका छन् भने दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । जिल्लामा ९८ हजार ५७४ पुरुष, ९४ हजार ८०६ महिला र अन्य एक गरी कुल एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन् ।

निर्वाचन सम्पन्न गराउन २३२ मतदान अधिकृत, २३२ सहायक मतदान अधिकृतसहित एक हजार ३८० जना कर्मचारी र सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिसकेका छन् ।

बागलुङका दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki