Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • २८ माघ २०८२, मंगलवार ०७:१०

सुजन रेग्मी
बागलुङ, माघ २६ । बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास गरिएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म तथा जिल्लास्थित चारवटै सुरक्षा निकायको संयुक्त सहभागितामा बागलुङको खेल मैदानमा उक्त अभ्यास सम्पन्न गरिएको थियो । अभ्यास आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बागलुङ जिल्लामा निर्वाचन लक्षित गतिविधिहरू तीव्र बन्दै गएका छन् ।

प्रतिनिधि सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन सम्पन्न गर्ने उद्देश्यले संयुक्त नमुना मतदान केन्द्रको अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो ।

अभ्यास कार्यक्रममा बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूको उपस्थिति रहेको थियो।

निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी जिल्ला समितिको आयोजनामा सम्पन्न अभ्यासमा मतदानस्थल निर्माण, नमुना मतदान प्रक्रिया, मतदान कार्यमा अवरोध सिर्जना भएमा अपनाइने सुरक्षा उपाय, अवरोध हटाई मतदान सुचारु गर्ने प्रक्रिया, कानुन बमोजिम सिलसिलेवार बल प्रयोगको अभ्यास, शंकास्पद वस्तु फेला परेमा त्यसको डिस्पोजल तथा मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रसम्म ढुवानी गर्ने अभ्याससमेत गरिएको थियो।

अभ्यासको क्रममा निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी जिल्ला समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कानुनको पूर्ण पालना गर्दै निष्पक्ष र सुरक्षित निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूलाई आत्मविश्वासका साथ जिम्मेवारी निर्वाह गर्न आवश्यक निर्देशन दिनुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki