Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

निर्वाचन लक्षित छलफल गर्न बागलुङमा सर्वपक्षीय बैठक

bk logo final png
  • बागलुङखबर
  • ६ माघ २०८२, सोमबार १८:०२

सुवास आचार्य
बागलुङ माघ ५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन बागलुङमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तिव्र पारेको छ ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आईतवार बागलुङ क्षेत्र नम्वर १ अन्र्तगत सर्वदलिय वैठक सम्पन्न भएको हो । वैठकमा भोली माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्ताका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवाहरूलाई फरक फरक समय निर्धारण गरेको छ। जसको लागि विहान १० बजे देखि मनोनयन पत्र वुुझाउन सक्ने व्यवस्था गरिएको छ । उम्मेदवारको मनोनयन पत्र तथा सोसंग संलग्न गर्नुपर्ने कागजातको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट उम्मेदवारलाई उपलव्ध गराईने भएको छ ।

बैठकमा दलको प्रतिनीधिले निर्वाचन आयोगबाट जारी भएका निर्देशन, आचार सँहिता र निर्वाचन संग सम्वन्धित प्रचलित ऐन कानूनको पर्ण पालना गर्ने गराउने प्रतिवद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षानिकाय, पत्रकारसँगै निर्वाचन अधिकृतबीच निर्वाचन आचारसंहिताको विषयमा छलफल भएको थियो। जिल्ला निर्वाचन कार्यलयका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले निर्वाचन आयोगले जारी गरेको आचार संहिता २०८२का वारेमा जानकारी दिदै कानुन विपरीतका कामकारबाही गरेको पाइए त्यस्तो गर्नेलाई दण्डसजाय गर्ने बताउनु भयो । त्यस्तै निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँदेखि उम्मेदवार रद्दको निर्णयसम्म हुनसक्ने व्यवस्था आचारसंहितामा उल्लेख गरिएको बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले राजनीतिक दलहरूले आचारसंहिताको पालना गर्दा स्वयंम उनीहरूलाई नै फाइदा पुग्ने वताउनु भयो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता हुने जिल्ला निर्वाचन कार्यलयका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभएको छ । उहाँले दिनुभएको जानकारीअनुसार माघ ७ गते उम्मेदवारविरुद्ध विरोध तथा उजुरी दिने, माघ ७ र ८ गते परेको उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम प्रकाशन गर्ने, माघ ९ गते उम्मेदवारको नामावली फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन निर्वाचन चिह्न प्रदान गरिने छ ।

बागलुङ क्षेत्र नं १ को लागि जिल्ला समन्वय समिति बागलुङको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

बागलुङ क्षेत्र नं १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिका पर्दछन् भने ४ पालिकाका, ३७ वटा वडा, ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र १ सय १५ मतदान केन्द्र रहेका छन् ।

कार्यक्रम सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki