Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आजदेखि सुरु

bk logo final png
  • बागलुङखबर
  • ३ माघ २०८२, शुक्रबार २०:३५
धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सबको अवसरमा आयोजित पत्रकार सम्मेलनमा लिइएको तस्बिर तस्बिर : सुजन रेग्मी

बागलुङ २ माघ । धवलागिरि बहुमुखी क्याम्पस बागलुङको ६३ औं वार्षिकोत्सब आजदेखि सुरुवात भएको छ ।

तत्कालीन धवलागिरि अञ्चलको एक मात्र क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसको आजदेखि ६३ औं वार्षिकोत्सब कार्यक्रम सुरु भएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

वार्षिकोत्सबका कार्यकम माघ २ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछन् । वार्षिकोत्सबमा स्वास्थ्य शिविरदेखि विभिन्न प्रतियोगिताहरु सञ्चालन हने आयोजकले जनाएको छ ।

जसमा पूर्व विद्यार्थी , सेवानिवृत प्राध्यापक तथा कर्मचारी भेटघाट कार्यक्रम , प्राध्यापक कर्मचारी स्ववियू नेपाल पत्रका महासंघबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, छात्रा तथा छात्र भलिबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, दौड प्रतियोगिता, वादविवाद प्रतियोगिता, १०० मिटर छात्र तथा छात्रा दौड प्रतियोगिता , ब्याडमिन्टन प्रतियोगिता, छात्र तथा छात्रा लठो तान्ने प्रतियोगिता, प्राध्यापक कर्मचारी र स्ववियूबिच म्युजिकल चियर र घैटोफोर प्रतियोगिता, शैक्षिक बहस साहित्यिक सन्ध्या, अन्तर मावि थिम प्रतियोगिता तथा नृत्य प्रतियोगिता सञ्चालन हुनेछन् ।

धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख सह.प्रा.डा. सुदर्शन सिलवालले खेलका लागि सव्य र भव्य रुपमा सफल पार्नका लागि आग्रह गर्नुभयो । उहाँले सैद्धान्तिक रुप जानेको ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो । उहाँले क्याम्पसभित्र गरिने सिकाईलाई समाजमा लागू हुनुपर्ने कुरामा जोड दिनुभयो ।

धवलागिरि बहुमुखी क्यम्पसका क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिन बहादुर थापाको अध्यक्षता, सहायक क्यापस प्रमुख हरिप्रसाद पाण्डेको स्वागत तथा सहायक क्याम्पस प्रमुख डिल्लीराज गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki