Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राम्रा काम जनतामा पुगेका छैनन् : नवनियुक्त अध्यक्ष

bk logo final png
  • बागलुङखबर
  • ७ पुष २०८२, सोमबार १८:४१

बागलुङ, ७ पौष । धौलागिरी प्रादेशिक अस्पताल बागलुङका नवनियुक्त व्यवस्थापन समितिको अध्यक्ष श्रीप्रसाद शर्माले पदभार ग्रहण गर्नुभएको छ ।

सोमबार आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले नवनियुक्त अध्यक्ष शर्मालाई पदभार ग्रहण गराउनुभएको हो ।

पदभार कार्यक्रमपछि बोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा गण्डकीले फड्को मारेको बताउँदै अस्पतालको विकासमा अध्यक्षको भूमिका उल्लेख्य रहने बताउनुभएको छ । पाठकले कर्मचारीहरुलाई कुनै पनि बहाना नबनाई काममा खट्न आग्रह गर्नुभयो । उहाँले कर्मचारी, चिकित्सक र व्यवस्थापन समिति मिलेर अस्पताललाई अगाडी बढाउन पनि अनुरोध गर्नुभयो ।

पदभार ग्रहणपछि बोल्दै अध्यक्ष श्री प्रसाद शर्माले अस्पतालको सुधारका लागि सबैसँग सहकार्य गरेर अस्पताल सुधारमा अघि बढ्ने बताउनुभयो । “अस्पतालले गरेको सेवालाई आम जनमानसमा पु¥याउन आवश्यक छ, कतिपय अस्पतालका राम्रा काम जनतामा पुगेका छैनन्, पत्रकार साथीहरुले सकरात्मक कामलाई बाहिर ल्याउनुप¥यो” शर्माले भन्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, अस्पतालका पूर्व अध्यक्ष डा. कृष्ण बहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र मेडिकल सुपरीटेन्डेण्ट डा. किरण तिवारीले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम नवनियुक्त श्रीप्रसाद शर्माको अध्यक्षता तथा नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki