Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

bk logo final png
  • बागलुङखबर
  • २९ मंसिर २०८२, आईतवार ०९:०८

सुजन रेग्मी
बागलुङ, २८ मंसिर । प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कम्युनिस्ट पार्टीकी शीर्ष नेत्री पम्फा भुसालले जनताका आकाङ्क्षालाई साकार पार्नका लागि फेरि जनताका सामु जान आवश्यक रहेको बताएकी छन् ।

उनले सरकारमा रहँदा जनताका आकाङ्क्षा पूरा गर्न न सकेकोले फेरि पनि जनताकै सामु जान लागेको बताएकी हुन ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेसको गठबन्धनमा सरकारमा रहँदा आफूहरूले भ्रष्टाचारको फाइल खोल्दा गठबन्धन टुटेको बताइन । उनले नेपाली कम्युनिस्ट पार्टीले चलाई राखेको जनजागरण अभियानमार्फत जनतालाई सचेत गराउन र जनताका सामु पार्टी रहेको बताइन ।

उनले अहिले रहेको सरकारले जनताको पक्षमा नरहेको बताइन् । उनले जनताकै पक्षमा काम नगरेको र उल्टो पक्षमा हिँडेको बताइन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले गर्दा धेरै नोक्सान भएको बताउँदै सबै कम्युनिस्ट पार्टी एक भएर सरकार बन्नु पर्नेमा जोड दिइन ।

अहिलेको सरकारले तोकेको समयमा निर्वाचन गराउने भन्दै आफ्नो पार्टी निर्वाचनमा जाने भन्दै र फागुन २१ मै चुनाव हुनुपर्नेमा जोड दिइन ।
अहिले बनेको नेपाली कम्युनिस्ट पार्टी केन्द्रदेखि पालिका स्तरमा कमिटी बनेर जाने र आगामी हुने पार्टीको अधिवेशनमा २० प्रतिशत जेनजी समूहलाई केन्द्रीय कमिटीमा लाने बताउँदै उनले युवाहरूलाई हस्तान्तरण र पुस्तान्तरण गर्ने गरी महाधिवेशनमा जाने बताइन् ।

नेपाली कम्युनिस्ट पार्टी अब जनताले पाउनु पर्ने अधिकारबाट वञ्चित नहुने गरी काम गर्ने बताइन । उनले आगामी हुने चुनावमा नेपाली कम्युनिस्ट पार्टी आगामी चुनावमा एक्लै जाने बताइन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki