Skip to content

follow us

baglungkhabar.tv

24th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरुवात हुँदै

bk logo final png
  • बागलुङखबर
  • २ मंसिर २०८२, सोमबार ०८:१७

काठमाडौं, १ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरुवात हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

गत संस्करणमा सामान्य स्तरमा रहेको मैदान यसपटक भने १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । गत संस्करणकै नतिजा दोहोर्‍याउने लक्ष्यमा जनकपुर हुनेछ । यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौं स्थानमा रहेर लिग चरण सकाएको थियो । यसपटक गोर्खाजले विजेता टोली जनकपुरलाई जित्दै खेलमा सुखद् सुरुवात गर्ने सोचमा रहनेछ ।

पहिलो खेलका लागि सम्पूर्ण टिकट बिक्री समेत भइसकेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

होटल तथा रेष्टुरेन्ट व्यवसायीको १ लाख ४५ हजार सहयोग

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

भर्खरै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki