Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मानवसेवा आश्रम भवन निर्माणार्थ संचालित महायज्ञमा नौ करोड सत्तरी लाख रुपैयाँ संकलन

bk logo final png
  • बागलुङखबर
  • २ मंसिर २०८२, सोमबार ०७:५८

बागलुङ, १ मंसिर । मानवसेवा आश्रम बागलुङको भवन निर्माणार्थ संचालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा नौ करोड सत्तरी लाख रुपैयाँ संकलन गरिएको छ ।

शनिबार सम्पन्न महायज्ञमा ९ करोड ७० लाख दान संकलन भएको हो । सुरुवतमा शुक्रबार महायज्ञ सम्पन्न गरिने भनिएतापनि अन्तिम समयमा आयोजकले एक दिन महायज्ञ थप गरेको थियो । अन्तिम दिन शनिबारमात्रै ७५ लाख रुपियाँ दान संकलन भएको महायज्ञ आयोजक समितिकी कोषाध्यक्ष सरिता गौतमले बताउनुभयो ।

कोषाध्यक्ष गौतमले महायज्ञबाट १० करोड संकलन गर्ने लक्ष्य राखिएको बताउँदै शनिबारसम्म प्राप्त रकम लक्ष्य नजिक पुगेको उल्लेख गर्नुभयो । उहाँले अनलाइन मार्फत सहयोग आउने क्रम निरन्तर जारी रहेका कारण कुल रकम १० करोड पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महायज्ञमा दाताहरूले न्यूनतम रकम १ हजारदेखि ११ लाखसम्म दान गरेका छन् । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गक्ष्य अनुसारको दान गरिरहेको महायज्ञका कोषाध्यक्ष सरिता गौतमले बताउनुभयो ।

सडकआश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा बेघर मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रमको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

महायज्ञमा बागलुङ, पर्वत, म्याग्दी लगायतका विभिन्न जिल्लाका भक्तजनका साथै विदेशमा देशविदेशमा रहेका नेपाली संघसंस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेको कोषाध्यक्ष गौतमले बताउनुभयो । आश्रमको एक कोठा निर्माण खर्च ५ लाख ११ हजार पर्ने भएकाले संस्थागत रूपमा समेत उल्लेखनीय सहयोग प्राप्त भएको आश्रमले जनाएको छ ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले महायज्ञबाट संकलित रकम सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबारविहीन व्यक्तिहरूको पुनस्र्थापनाका लागि बागलुङ निर्माणाधिन मानवसेवा आश्रम बागलुङको भवन निर्माणमा लगानी गरिने बताउनुभयो । भवन निर्माणबाट बाँकी रहने रकमबाट अक्षयकोष निर्माण गरिने र अक्षयकोष १० करोड बराबर पु¥याउने लक्ष्य लिइएको उहाँको भनाई छ ।

मानव सेवा आश्रम बागलुङको निर्माणाधिन भवनमा हालसम्म करिब ५ करोड रुपैयाँ खर्च भइसकेको र कार्य सम्पन्न गर्नका लागि अझै ४ करोड रुपैयाँको आवश्यकता रहेको अधिकारीले जानकारी दिनुभयो । निर्माणाधीन भवनको करिब ६० प्रतिशत काम सकिएको र बाँकी ४० प्रतिशत कार्य चैत मसान्तसम्म पूरा गर्ने लक्ष्य रहेको आश्रमले जनाएको छ ।

भवन निर्माण सम्पन्न भएपछि सो शाखाबाट करिब २ सय जनालाई आश्रय प्रदान गर्न सकिने जनाइएको छ ।

विसं २०७३ देखि बागलुङको शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा प्राप्त गरेपछि वि.सं. २०७८ वैशाख २४ गतेदेखि ५ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले दाताहरूको सहभागीता, मनकारी भावना र सेवा–मूल्यप्रति देखिएको उत्साहले महायज्ञ ऐतिहासिक रूपमा सफल भएको बताउनुभयो । कार्तिक २१ गतेबाट संचालित महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki