Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

bk logo final png
  • बागलुङखबर
  • १५ कार्तिक २०८२, शुक्रबार १२:१२

बागलुङ, १४ कार्तिक । मानवसेवा आश्रम बागलुङ शाखाकोे भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु हुनुपूर्व बागलुङका जनप्रतिनिधीहरुले आर्थिक सहयोगको घोषणा गरेका छन ।

प्रचारप्रसार तथा अन्य तयारी हुँदै गर्दा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आश्रम भवनको पूर्णताका लागि नगरपालिकाको तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

नगर प्रमुख श्रेष्ठले सबै भक्तजनलाई फराकिलो मन बनाएर महायज्ञमा सहभागी भई दान गर्नहुन अनुरोधसमेत गरेका छन् । नगर उप–प्रमुख राजु खड्काले भने भवन निर्माणका लागि रु. १ लाख १ सय ११ सहयोग गर्ने गरेका छन् । नगरपालिका–८ का वडाध्यक्ष छमबहादुर कार्कीले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् भने अन्य कार्यपालिका सदस्यहरूले आफ्नो १५ दिनको भत्ता सहयोगस्वरूप दिने घोषणा गरेका छन् । त्यस्तै, गलकोट नगरपालिका–१० निवासी समाजसेवी मानसिंह छन्त्यालले रु. १ लाख ५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका छन् ।

हाल अमेरिका निवासी रेनुका अधिकारी, इन्द्रमणि अधिकारी र मनु अधिकारीले भवन निर्माणका लागि रु. ५० हजार ५ सय ९८ सहयोग गरेका छन् । महायज्ञको मिति नजिकिँदै जाँदा दाताहरुले भवन निर्माणका लागि आर्थिक सहयोगको घोषणा गरिरहेका हुन । बागलुङ नगरपालिका–३ लालीगुराँसचोकमा अवस्थित मानवसेवा आश्रम बागलुङ शाखामा हाल ३५ महिला र २९ पुरुष गरी ६४ जना आश्रित रहेका छन् ।उनीहरूको पालनपोषण र रेखदेखमा मासिक १० लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।

बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित यही कात्तिक २१ गतदेखि २८ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको छ । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नेछन्।

आश्रमले महायज्ञबारे जानकारी दिन जिल्ला समन्वय समितिको कार्यालय बागलुङ, पर्वत, म्याग्दी जिल्लामा स्नेहमिलन कार्यक्रम सम्पन्न गरिसकेको छ । मूल समारोह समितिका महासचिव युक्तप्रसाद सुवेदीका अनुसार सचिवालयले महायज्ञ तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखेको छ ।“सचिवालयबाट प्रचारप्रसार र जनसम्पर्क अभियान सशक्त बनाइनेछ ।”, उनले भने ।

दुई सय जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । मानवसेवा आश्रम बागलुङले साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएको छ ।

भवन निर्माणका लागि हालसम्म ५ करोड रुपैयाँ खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै ४ करोड रुपैयाँ आवश्यक रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ। महायज्ञमार्फत आवश्यक रकम संकलन गरेर भवन निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि कोष सुदृढ बनाउने लक्ष्य लिइएको छ।

महायज्ञको तयारी र प्रचारप्रसार तीव्र पारिएको मानसेवा आश्रमले जनाएको छ । महायज्ञलाई सफल बनाउन बागलुङ नगरपालिका–२ मा सचिवालय स्थापना गरिएको छ। सचिवालयबाट प्रचारप्रसार, जनसम्पर्क, सदस्यता वितरण र सहयोग संकलनका काम अघि बढाइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki