बागलुङ, ११ भदौ । बागलुङमा शिक्षा विधेयक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्याब्सन, एनप्याब्सनलगायत संघसंस्थाहरूको आयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रम नेपाली काङ्ग्रेस बागलुङका सभापती एवम गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले उद्वाटन गरेका थिए ।
उद्वाटन पछि बोल्दै शेरचनले नीजि क्षेत्रको विद्यालय पहिलाको भन्दा केही सुधार भएको बताए । २०१६ देखिको शिक्षा अहिलेको समयमा खस्किदै गएको बताए ।
बिकृति रोक्नका लागि ऐन आउन पर्ने हो राम्रो कुरामा पनि रोक्ने र नराम्रो काममा पनि रोक्न खोजेको बताउँदै उनले विभेदकारी भूमिका खेलेको बताए ।
धेरै ठाउँमा नीजिकरण नगरे सम्म देशमा विकास नहुँने बताउँदै उनले नीति निर्माण र कार्वान्यनमा फरक रहेकोले नीति अनुसार कार्यान्वयन नभएको बताए । उनले जनताको आवश्यकताको आधारमा विकास नभएको र पहँुचको आधारमा बजेट छुट्टिने बताए । जनताको आवश्यकताको आधारमा नीति बन्न आवश्यक रहेको कुरामा उनले जोड दिएका थिए ।
बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले देश संक्रमणकालीन अवस्थामा गइरहेको र व्यक्तिका खल्तीका लागी नीति र कार्यक्रम बन्ने गरेको बताए । देशमा रहेका उत्पादन हुने कारखाना र उद्योग बन्द भएकोमा श्रेष्ठले चिन्ता व्यक्त गरे । ६० प्रतिशत नीजि विद्यालयले लगानी गरेकोमा अहिले राज्यले गरेको कार्य राम्रो नभएको बताए ।
नीजि विद्यालय सञ्चालनमा भएका समस्यालाई राज्यले प्रश्न गर्न नसकेको भन्दै राज्यले गरेका दमनलाई प्रश्न गर्न आवश्यक छ ? उनले भने ।
शिक्षा विकास तथा समन्वय इकाई बागलुङका अधिकृत नविन खड्काले संस्थागत विद्यालयको अनुगमन गर्न आवश्यक रहेको बताए ।
राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रिय सदस्य राम बहादुर केसीले ऐनमा विभेद गरेको बताए । नीजि विद्यालयका माग सम्बोधन हुनुपर्ने पर्ने भन्दै उनले विभेद नगर्न आग्रह गरे ।
राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष थानेश्वर सुवेदीले निति निर्माण गर्ने बेलामा छलफल नहुने र अन्तरक्रिया कार्यक्रम गरेर सम्बोधन नहुने भन्दै उनले जोड तोडले आन्दोलनमा गर्न आव्हान गरे ।
नेकपा एमाले बागलुङका उपसचिव धन बहादुर परियारले कुनै एउटा विद्यालयलाई हेरेर सबै विद्यालय एउटै हुन्छन् भन्नु सरकारले सोच्नु गलत रहेको बताए ।
सरकारले विभेदकारी भूमिका खेलेको बताउँदै नीजि विद्यालयलाई सरकारले हेर्नु सक्नुपर्छ भन्दै नीति निर्माणमा एकतिर रहेको सरकारले नीति अर्कोतिर रहेको बताए । उनले छात्रवृत्ति दिनका लागि नीजि विद्यालयले ठुलाबडाका बच्चाबच्चीलाई दिएको र हुदाँखाने बच्चाबच्चीलाई ,नदिएकोमा प्रश्न गरे ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरेले नागरिकले पाउनुपर्ने र मौलिक हकमा हस्ताक्षप गरेको बताए ।
एनप्याबसन बागलुङका अध्यक्ष नेत्रलाल न्यौपानेले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
हिसान धौलागिरीका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षता प्याब्सन जिल्ला कार्यसमितिका अध्यक्ष दल थापाको स्वागत मन्तव्य र प्याब्सन बागलुङका सचिव श्याम प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
नीजि विद्यालयहरुका छाता सङ्ठनहरुले शिक्षा विधेयकमा पूर्ण छात्रावृत्ति लगाएतका मागहरु विधेयकमा अघि बढाएको बन्दै मागहरु फिर्ता पाउनका लागि आन्दोलनमा उत्रिएका छन् ।









