Skip to content

follow us

baglungkhabar.tv

7th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

फोनिज बागलुङको २६ औँ स्थापना दिवस सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • २९ श्रावण २०८२, बुधबार ०९:२०

बागलुङ २८ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङले २६ औँ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा फोनिज बागलुङले मंगलबार पत्रकारितामा जनजातिको सवाल विषयकमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

जिल्ला समन्वय समिति प्रमुख अमर थापाले अहिलेको समयमा चेतना आवश्यक रहेको बताउँदै उनले पत्रकारहरुले खोज पत्रकारितामा सोच बढाउन आवश्यक छ । थापाले भने कुनै ठाउमा थोरै क्रियाशिलता छ भने कुनै ठाउँमा धेरै क्रियाशिलता छ ।

जनजातिको बाहुल्यता भएको ठाउँमा बिकास गरौ । दिगो बिकासका काममा स्रोत आउँदा नागरिक पछि पर्ने गरेको बताए । योजना निर्माणमा सबैले हातेमालो गर्न आवश्यक छ, उनले भने ।

पत्रकार महासंघ बागलुङका कोषध्यक्ष खेमराज गौतम पत्रकार महासंघ बागलुङका सदस्य अर्जुन कार्की पत्रकार विनोद थापा र मनिस थापा मगरले कार्यक्रम गरेर मात्र नभएर सदस्य बढाउन आग्रह गरे । उनीहरुले पत्रकारका सङ्घ सङगठनमा सदस्यता बढाए मात्र टिक्ने धारणा राखेका थिए ।

नेपाल मगर संघ बागलुङका अध्यक्ष श्याम पुन, नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) का केन्द्रीय पार्सद याम थापा मगर नेपाल पत्रकार महासंघ बागलुङ उपाध्यक्ष सृजना पन्त नेपाल मगर संघका केन्द्रिय सदस्य गणेश थापाले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्वअध्यक्ष संगम घर्ति मगरले कार्यपत्र प्रस्तुत गरेका थिए ।

बागलुङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डम्मर बुढा मगरको अध्यक्षता कोषाध्यक्ष तिलक घर्ती मगरको स्वागत र सचिव बल बहादुर रोका मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्थापना दिवसको अवसरमा बिहान नेपाल पत्रकार महासंघ बागलुङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागलुङ बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा नेपाल पत्रकार महासंघ बागलुङले आयोजकलाई १३ का विरुद्द ११ गोल गरेर विजयी भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki