Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोष्टर सार्वजनिक

bk logo final png
  • बागलुङखबर
  • २३ श्रावण २०८२, बिहीबार १९:४४

काठमाडाैं, २२ असार । यो वर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोष्टर सार्वजनिक भएको छ।

निर्माण टिमले आज सार्वजनिक गरेको पोष्टरमा चलचित्रका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरिएको छ।  पोष्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन्।  सार्वजनिक पोष्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ।  पोष्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन्।  प्रकाश केही रिसाएको मुडमा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छिन्।  यसले चलचित्र रमाइलो र पारिवारिक रहेको अनुमान लगाउन सकिन्छ। सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन्।

चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशैँको फूलपाती ९असोज १३० गतेबाट प्रदर्शनमा आउदैछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्।  कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्।  वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

घनश्याम भुसालले गरे एमालेमा नरहने घोषणा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki