Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हिरो धौलागिरीको ‘मन्सुन म्याडनेस राइड’ सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • १९ श्रावण २०८२, आईतवार १६:४६
Hero Dhaulagiri's Monsoon Madness Ride Team in Dhorpatan
ढोरपाटनमा हिरो धौलागिरीको मन्सुन म्याडनेस राइड टोली

रोहन जि.सी, बागलुङ
बागलुङ, १८ साउन । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित हिरो मोटोकर्प नेपाल र चाँदनी अटोमोबाइल्स बागलुङ (हिरो धौलागिरी) को संयुक्त आयोजनामा सञ्चालित ‘मन्सुन म्याडनेस राइड’ सम्पन्न भएको छ।

शुक्रबार र शनिबार सम्पन्न उक्त राइडले बागलुङ सदरमुकामदेखि ढोरपाटनसम्मको यात्रा गर्दै घोडाबाधे, हटिया, खरबाङ र बुर्तिवाङजस्ता प्रमुख स्थानहरू समेत भ्रमण गरेको थियो।

A photo taken at Baglong Bazaar as a team of Nepal's most famous motovloggers and riders set out on a journey to Dhorpatan.
नेपालकै चर्चित मोटोभ्लगरहरू तथा राइडरहरूको टोली ढोरपााटनको यात्राका लागि निस्कने क्रममा बागलङ बजारमा लिइएको तस्बिर

राइडमा २० वटा हिरो मोटरसाइकलहरूको टोली सहभागी थियो, जसमा नेपालकै चर्चित मोटोभ्लगरहरू तथा राइडरहरू, विभिन्न जिल्लाबाट आएका राइडरहरू तथा स्थानीय साहसिक यात्रा प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस कार्यक्रमले ढोरपाटन र आसपासका क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न सहयोग पुगेको विश्वास गरिएको छ।

कार्यक्रमको समापनपछि चाँदनी अटोमोबाइल्स बागलुङ (हिरो धौलागिरी) का म्यानेजिङ डाइरेक्टर अस्कर श्रेष्ठले यो राइड केवल यात्रा मात्र नभई यस क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाको जगेर्ना र प्रवर्द्धनको अभियान रहेको र यात्रामा देखिएको उत्साहले हिरो धौलागिरी भविष्यमा अझ व्यापक कार्यक्रमहरू गर्न प्रेरित गरेको बताउनुभयो ।

राइडमा सहभागी इन्डियुरो नेपालका मोटोराइडर पवन गुरूङलेले ढोरपाटनको यात्रा साहसिक मात्र नभई भावनात्मक रूपमा पनि जोडिने अनुभव रह्यो अब यो ठाउँको प्रवर्द्धनका लागि आफ्नो सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गर्ने बताउनुभयो ।

त्यस्तै अर्का राइडर बागलुङ नगरपालिका वडा नम्बर ९ निवासी ५० वर्षीय राम खड्काले पहाड, वर्षा, खुला घाँसे मैदानले यात्रा कठिन भएपनि एक्स पल्स बाईकले सहज बनाएको र स्थानीय संस्कृतिले यो यात्रा स्मरणीय रहेकाले घोडाबाधेदेखि बुर्तिवाङसम्म यात्राको क्रममा विविध स्थानीयता अनुभव गरेको जानकारी दिनुभयो ।

सहभागी मोटोराइडर तथा डिजिटल क्रियाशील व्यक्तिहरूले हाल ढोरपाटन, बागलुङ र यस क्षेत्रको सौन्दर्यबारे युट्युब च्यानल, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत भिडियो, रील्स र स्टोरीहरू शेयर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकहरूमाझ ढोरपाटनलाई प्रवर्द्धन गरिरहेका छन्।सामाजिक सञ्जालको प्रभावकारी प्रयोगबाट यो कार्यक्रमले डिजिटल पर्यटन प्रवर्द्धनमा समेत नयाँ उदाहरण प्रस्तुत गरेको छ।

ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र कानुनी शिकार आरक्ष हो, जुन बागलुङ, म्याग्दी र रुकुम जिल्लाका केही भागहरूमा फैलिएको छ। समुद्री सतहदेखि २८५० मिटरदेखि ५५०० मिटर उचाइसम्म फैलिएको यो क्षेत्र प्राकृतिक जैविक विविधता, अलौकिक फूलहरू, बाँसका जंगल, हिमाली दृश्य र शान्त ओह्रालो घाँसे मैदानहरूले भरिपूर्ण छ। स्थानिय निकाय, व्यवसायी, युवा तथा पर्यटनप्रेमीहरूलाई समेट्दै गरिएको यो पहलले बागलुङ, धौलागिरी र ढोरपाटन क्षेत्रलाई साहसिक र पारिवारिक गन्तव्यको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।

‘हिरो मन्सुन म्याडनेस राइड’ अब केवल यात्रा होइन, ढोरपाटनको पर्यटकीय जागरणको एउटा अभियान बनेको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki