Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ नगरको बजेट एक अर्व तीस करोड

bk logo final png
  • बागलुङ खबर
  • ११ असार २०८२, बुधबार ०९:०५
बजेट प्रस्तुत गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का

बागलुङ, ११ असार । बागलुङको पुरानो नगरपालिका बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षको लागि एक अर्व ३० करोडको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको १७औँ नगरसभामा मंगलबार नगरउपप्रमुख राजु खड्काले आ.व. २०८२/८३ को लागि एक अर्व ३० करोड ९५ लाख ५८ हजार ५ सय ६९ रुपियाँ बजेट प्रस्तुत गर्नुभयो । उपप्रमुख खड्काले आर्थिक विकासतर्फ २ करोड ९७ लाख, पूर्वाधार विकासतर्फ ३९ करोड ५१ लाख ३९ हजार दुई सय ८० रुपियाँ, सामाजिक विकासतर्फ ६४ करोड ४१ लाख ४४ हजार नौ सय २० रुपियाँ, कार्यालय संचालन तथा प्रशासनिक खर्च १७ करोड २४ लाख ४० हजार रुपियाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ६ करोड ८१ लाख ३४ हजार तीन सय ६९ रुपियाँ बजेट विनियोजन गर्नुभएको छ ।

नगरपालिकाले नगरस्तरीय पूर्वाधार निर्माणका लागि तीन करोड रुपियाँ र वडा नम्बर १ देखि १४ नं. वडाका साना पूर्वाधार निर्माण तथा वडा स्तरीय कार्यक्रम संचालनका लागि ६ करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ ।

वडा नं. १३ पैयुँपाटामा १५ शैयाको नगर अस्पतालको भवन निर्माण सम्पन्न गर्न, बजारक्षेत्रको दोहोरो नाली र फुटपाथ सहितको सडक व्यवस्थापन र बालमैत्री स्थानीय शासनको दिगोपना लगायतका कार्यक्रम बजेटमा समावेश छन् ।

नगरपालिकाले बजारका उपयुक्त स्थानमा कपडा बैंक स्थापना, आत्मनिर्भर बागलुङ कार्यक्रमलाई बजेट विनियोजित गरेको उपप्रमुख खड्काले प्रस्तुत गर्नुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

वर्तमान राजनितिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki