Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लोकभजन र चुट्का संरक्षणका लागि जुटे बागलुङबासी

bk logo final png
  • बागलुङखबर
  • ५ असार २०८२, बिहीबार २३:१२

सुजन रेग्मी

बागलुङ , ५ असार । लोकभजन र चुट्का लोप हुन थालेपछि संरक्षणका लागि बागलुङबासी जुटेका छन् ।

लोकभजन र चुट्का लोप हुन थालेपछि बागलुङवासीले भजन संरक्षणमा चासो देखाउँदै राष्ट्रिय रूपमा जिल्लाको कला, संस्कृतिलाई चिनाउन नयाँ पुस्ता सफल भएका हुन् ।

गाउँमा परम्परागत तरिकाले पूजाआजामा मात्रै सिमित भजनमा पुस्तान्तरणको अभाव भएको अवस्थामा लोक भजन र चुट्का मार्फत स्थानीयले राष्ट्रिय रूपमा जिल्लाको कला, संस्कृति चिनाउन नयाँ पुस्ता सफल भएको जिलला भजन समिति बागलुङका अध्यक्ष टेकबहादुर केसी संगमले जानकारी दिनुभयो ।

भजन प्रतियोगिता गर्ने, पुस्तान्तरण गर्न तालिम प्रदान गर्ने तथा धार्मिक संस्थामा भजन समिति गठनले भजन संरक्षणमा टेवा पु¥याएको उहाँको भनाई थियो ।

सुरुमा भजनको संरक्षणका लागि जैमिनी भजन सङ्कीर्तन समूह स्थापना भएको र वि.सं २०७८ मा जिल्ला भजन समिति गठन भएपछि भजनको गतिविधि बढेको केसीले बताउनुभयो ।

जिल्लामा ४७ वटा भजन समूह स्थापना भएर सक्रिय भइसकेको जानकारी दिदैे जिल्लास्तरीय भजन समिति गठन भएपछि धार्मिक प्रतिष्ठान तथा मठमन्दिरअनुसारका समूह गठन गर्ने, आपसी सहयोग बढाउने, वाद्यवादनका सामग्री खरिद गर्ने, अनुभव आदानप्रदान गर्ने र व्यावसायिक रूपमा भजन गाउने कामको थालनी गरिएको उल्लेख गर्नुभयो ।

पछिल्लो समय लोप हुने खतरा बढेपछि लोकभजन चुट्का संरक्षणका लागि भजनप्रेमी सङ्गठित भएर लागेका हुन् । लोकभजन चुट्का संरक्षणका लागि भजनप्रेमीले संगठन विस्तारदेखि भजन प्रशिक्षण गर्दै पुस्तान्तरणको प्रयास थालेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki