Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सँग नेपाल पराजित

bk logo final png
  • बागलुङखबर
  • ३ असार २०८२, मंगलवार ०८:४९

काठमाडौं, ३ असार । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२० आई सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा नेपालले १९ रन जोड्दा जवाफमा नेदरल्यान्ड्सले पनि १९ रननै जोडेपछि खेलमा दोस्रो सुपर ओभर भएको थियो ।

दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १७ रन जोड्दा नेपालले जवाफमा १७ रन नै बनाएपछि खेल तेस्रो सुपर ओभरमा धकेलियो ।

तेस्रो सुपर ओभरमा नेपालले ४ बलमा कुनै रन नजोडी २ विकेट गुमायो । माइकल लेभिटले सन्दीप लामिछानेलाई पहिलो बलमै छक्का प्रहार गरेर आफ्नो टिमको जित पक्का गरे ।

पहिलो सुपर ओभरमा बायाँ हाते स्पिनर ड्यानीएल डोरमविरुद्ध सुपर ओभरमा नेपालले १९ रन जोड्यो । कुशल भुर्तेलले २ छक्कसहित १८ रन जोडे ।

जवाफमा नेदरल्यान्ड्सका लागि माइकल लेभिटले पहिलो बलमै छक्का प्रहार गरेपनि त्यसपछि करणले बाँकी ३ बलमा ३ रन मात्र खर्चिए । पाँचौ बलमा म्याक्स ओ डाउडले छक्का प्रहार गरेपछि अन्तिम बलमा नेदरल्यान्ड्सलाई जितका लागि ५ रन आवश्यक थियो । म्याक्सले अन्तिम बललाई चौका प्रहार गरेपछि खेल अर्को सुपर ओभरमा लम्बिएको थियो ।

दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले स्पिनर ललित राजवंशीविरुद्ध १७ रन जोड्यो । जवाफमा कप्तान रोहित पौडेलले काइल क्लाइनलाई पहिलो बलमै छक्क प्रहार गरे । दोस्रो बलमा सिंगल लिए । तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गरे । चौथो र पाँचौ बलमा दीपेन्द्रले बल छुन सकेनन् । तर अन्तिम बलमा छक्का प्रहार गरेपछि खेल तेस्रो सुपर ओभर पुग्यो ।

तेस्रो सुपर ओभरमा ज्याक लायन क्यासेले पहिलो बलमा कप्तान रोहितलाई क्याच आउट गराए । त्यसपछि रुपेश सिंहले २ बल डट खेले । चौथो बलमा उनी कट बिहाइन्ड भए । लगत्तै माइकल लेभिटले सन्दीप लामिछानेलाई पहिलो बलमै छक्का प्रहार गरेर जित पक्का गरे ।

त्यसअघि लक्ष्य पछ्याउने क्रममा १९ औं ओभरको अन्तिम बलमा कप्तान रोहित क्याच आउट भएपछि नेपाल संकटमा परेको थियो । ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरेका उनले सर्वाधिक ४८ रनको योगदान दिए । रोहितको प्रस्थानसँगै अन्तिम ओभरमा नेपाललाई जितका लागि १६ रन आवश्यक थियो ।

सुरुवाती २ बलमा ३ रन जोडेपछि स्ट्राइकमा नन्दन यादव आए । उनले तेस्रो बलम चौका र त्यसपछि लगातार २।२ रन लिए । अन्तिम बलमा जितका लागि ५ रन आवश्यक पर्दा नन्दनले चौका प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

लक्ष्य पछ्याउन उत्रिएको नेपालले दोस्रो ओभरको पहिलो बलमै लोकेश बमलाई गोल्डेन डकमा गुमायो । डेब्यु गरिरहेका बेन फ्लेचरले लोकेशलाई विकेटकिपरको हातबाट क्याच गराए । लगत्तै अर्को ओभरको पहिलो बलमा १ रन जोडेका अनिल शाह काइल क्लाइनको बलमा क्याच आउट भए ।

कुशल भुर्तेलले रोहित पौडेलसँग तेस्रो विकेटका लागि १९ बलमा ४३ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याए । तर ड्यानीएल डोरमले छैटौं ओभरमा कुशल र आठौं ओभरमा दीपेन्द्रको विकेट लिए । कुशल २३ बलमा ५ चौकासहित ३४ रन जोड्दै क्याच आउट भएका थिए । दीपेन्द्र ७ बलमा ३ रन जोडेर पेभेलियन फर्किए ।

डेब्यु गरिरहेका किरण ठगुन्नाले पनि क्रिजमा संघर्ष गरे । बायाँ हाते स्पिनर डोरमबाट बोल्ड हुनुअघि उनले २५ बलमा विना कुनै बाउन्ड्री १५ रन मात्र बनाए । १४ औं ओभरमा उनी आउट हुँदा नेपाल ८७।५ को स्थितिमा थियो ।

छैटौं विकेटका रुपमा रुपेश सिंह ज्याक लायन क्यासेको बलमा स्कट एडवार्ड्सको सानदार क्याचको शिकार बने । उनले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन जोडेको थियो । नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याटर तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । तल्लोक्रममा सकिब जुल्फिकरले आक्रामक ब्याटिङ गरेपछि नेदरल्यान्ड्सले १ सय ५० रनको आँकडा पार गर्न सम्भव भएको थियो ।

ओपनर म्याक्स ओ डाउड १९ र माइकल लेभिट २० रन जोडेर आउट भए । ललितले चौथो ओभरको पहिलो बलमै ११ बलमा २ चौका र १ छक्का प्रहार गरेका म्याक्सलाई आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि सन्दीपले सातौं ओभरमा लेभिट र स्कट एड्वार्ड्सलाई आउट गरेर नेपाललाई खेलमा फर्काए ।

१३ औं ओभरमा नोआ क्रोस आउट हुँदा नेदरल्यान्ड्स ९०।५ को स्थितिमा थियो । तर डेथ ओभरमा जुल्फिकरले आक्रामक ब्याटिङ गर्दा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पायो । अन्तिम ओभरमा आउट भएका तेजाले ३७ बलमा १ छक्कासहित ३५ रन जोडे । जुल्फिकर १० बलमा १ चौका र २ छक्कासहित २२ रनमा नटआउट रहे ।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १८ रन खर्चेका थिए । ललित राजवंशीले पनि ४ ओभरमा मात्र २२ रन दिएर १ विकेट हात पारे । नन्दन यादवले २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि डेब्यु गरे ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki