Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसईई स्तरीय आदर्श कपको ट्रफी सार्वजनिक

bk logo final png
  • बागलुङखबर
  • १६ जेष्ठ २०८२, बिहीबार ०७:३२

बागलुङ, १५ जेठ । दोस्रो संस्करणको एसईई स्तरीय आदर्श कप पुरुष तथा महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

आदर्श विद्यामन्दिर खेलकुद क्लबले बुधबार पत्रकार सम्मेलन गरेर ट्रफी सार्वजनिक गरेको हो । आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल भुपेन्द्र के.सी., जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव नवराज परियार, बागलुङ स्पोर्टस क्लबका प्रकाश शर्माले ट्रफी सार्वजनिक गर्नुभयो ।

ट्रफी अनावरण कार्यक्रममा बोल्दै प्रतियोगिताका सहआयोजक समेत रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल भुपेन्द्र के।सी।ले विद्यालय तलका विद्यार्थीहरुको प्रतिभा पहिचान गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव नवराज परियारले फुटबल विकासमा निजी विद्यालय र क्लबहरुले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्नुभयो ।

प्रतियोगितामा छात्र तर्फ बागलुङ जिल्लाका १४ विद्यालयका १६ टिम र छात्रा तर्फ ७ विद्यालयले सहभागिता जनाउने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिनुभयो । बिहिबारदेखि जेठ २१ गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।

प्रतियोगिताको पुरुषतर्फ विजेताले नगद ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले ३७ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै महिलातर्फको विजेता टोलीले नगद ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केसीले बताउनुभयो ।

यस्तै प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडि, मिडफिल्डर, उच्च गोलकर्ता, गोलरक्षक, र उत्कृष्ट फरवार्डसंगै अनुशासित टोलीलाई नगदसहित पुरस्ककृत गरिनेछ । प्रतियोगिता संचालनको लागि सात लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ ।

क्लबका अध्यक्ष राजेश केसीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा शिक्षक युनिस मियाँले स्वागत र शिक्षक कमल रेग्मीले सञ्चालन गर्नुभएको थियो ।

प्रथम आदर्श कप छात्र फुटबल प्रतियोगिताको उपाधि आयोजक आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले जितेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki