Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

bk logo final png
  • बागलुङ खबर
  • ३ जेष्ठ २०८२, शुक्रबार ०७:०७

बागलुङ, २ जेठ । बागलुङ जिल्लाका दश स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा रु. २५ करोड ७२ लाख रुपियाँ बढी बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले मंगलबार सार्वजनिक गरेको ६२औं बार्षिक प्रतिवेदन अनुसार बागलुङका १० वटा स्थानीय तहमा रु. २५ करोड ७२ लाख २ हजार रुपियाँ बेरुजु देखिएको हो । जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को तुलनामा बेरुजु घटाएका छन् । आर्थिक वर्ष २०७९/८० मा महालेखाको प्रतिवेदन अनुसार बागलुङका स्थानीय तहमा रु. ३४ करोड ४२ लाख २५ हजार रुपियाँ बेरुजु देखिएको थियो ।

बजेट अनुपातका आधारमा बागलुङमा सबैभन्दा बढी रकम बेरुजु जैमिनी नगरपालिकामा (३.५१ प्रतिशत) र सवैभन्दा कम बेरुजु गलकोट नगरपालिकामा (०.७१ प्रतिशत) देखिएको छ । जैमिनी नगरपालिकाको रु. १ अर्ब ७२ करोड ७७ लाख ६८ हजार रुपियाँको लेखापरीक्षण गरेकोमा रु. ६ करोड ७ लाख १६ हजार रुपियाँ बेरुजु देखिएको छ । यस्तै गलकोट नगरपालिकाको १ अर्ब ६७ करोड २० लाख ७५ हजार रुपियाँ लेखापरीक्षण गरेकोमा रु. १ करोड १८ लाख ७२ हजार रुपियाँ मात्र बेरुजु देखिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार बागलुङ नगरपालिकाको रु. २ अर्ब ७२ करोड २२ लाख ७३ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. ४ करोड ४५ लाख ७९ हजार रुपियाँ, ढोरपाटन नगरपालिकाको रु. १ अर्ब २२ करोड ८२ लाख ८५ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. ६ करोड ७ लाख १६ हजार रुपियाँ र काठेखोला गाउँपालिकाको रु. १ अर्ब ३३ करोड ५ लाख ४३ हजार रुपियाँ लेखापरीक्षण गर्दा ३ करोड ९७ लाख ११ हजार रुपियाँ बेरुजु रहेको छ ।

यस्तै तमानखोला गाउँपालिकाको रु. ६५ करोड २४ लाख ४६ हजार रुपियाँको लेखापरीक्षण गर्दा रु. १ करोड २० लाख ९० हजार रुपियाँ, ताराखोला गाउँपालिकाको रु. ७४ हरोड १७ लाख २४ हजार रुपियाँ लेखा परीक्षण गर्दा रु. २ करोड २८ लाख ४५ हजार रुपियाँ, निसीखोला गाउँपालिकाको रु. १ अर्ब ८ करोड ५१ लाख १५ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. १ करोड ४८ लाख २६ हजार रुपियाँ, बडिगाड गाउँपालिकाको रु. १ अर्ब ६१ करोड १३ लाख ८४ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. १ करोड ७३ लाख ६३ हजार रुपियाँ र बरेङ गाउँपालिकाको रु. ८१ करोड १३ लाख ८४ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. ७७ लाख ७७ हजार रुपियाँ बेरुजु भएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki